Home Login
खेलकुद

साम्बा बिहीबार बेलुका लन्डन आउँदै 

लन्डन — यस वर्षको गोर्खा कपको विशेष आकर्षण रहेकी नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने भएकी छन् । 

हाल फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा फ्रान्सबाट सिधै हिथ्रो विमानस्थल उत्रिनेछिन् । उनलाई स्वागत गर्न गोर्खा कपको आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङसहितको टोली विमानस्थलमा पुग्नेछन् । 

साम्बालाई फ्रान्सबाट लन्डन ल्याउन तथा लन्डनमा खानबस्नको प्रायोजन पिपल ग्रुप र यसका प्रोप्राइटर सूर्य गुरुङले गरेका छन् । पिपल ग्रुपले बेलायतमा पिपल रियल स्टेट, पिपल मर्गेज, पिपल एकाउन्टिङ सञ्चालन गरिरहेको छ । 

साम्बा आइतबार अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल ग्राउन्डमा हुने गोर्खा कपमा सहभागी हुनेछिन् । उनी लन्डनबाट मंगलबार बैंकक प्रस्थान गर्नेछिन् । बैंककमा नेपाली राष्ट्रिय महिला टोलीले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 

Leave a Reply