Home Login

(कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्,नेपालको चौथो महाधिवेशनबाट शिव बानिया अध्यक्षमा) अशिम लोप्चन तामाङ ,स्पेन। बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मुल मन्त्र भन्ने मुख्य नाराको साथमा सन २०१७ अक्टोबर मा स्थापित सस्था कास्की जिल्ला बाट विभिन्न कामको शिलशिलामा विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेका हरुको […]

एलिया लिम्बु । साइप्रस — युरोपियन मुलुक साइप्रसमा एक सक्रिय संस्था तमु समाज साइप्रसद्वारा तमु ल्होसारको अवसरलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम आउँदो जनवरी ५ तारिख आइतबारको दिन हुने भएको छ।साइप्रसको राजधानी निगोसियाको एन्टोनाकिस म्युजिक हलमा हुने कार्यक्रम बिहान १० बजेदेखि सुरु हुने भएको हो। साइप्रसमा रहेका विभिन्न संघसंस्था लगायत साइप्रसवासीहरुलाई […]

युरोपाटी संवाददाता । पोर्चुगल— लिम्बुहरूको महान चाड चासोक तङनाम ५०८४ लाई  मध्यनजर गर्दै किरात याक्थुङ चुम्लुङ पोर्चुगलद्वारा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम  सम्पन्न भएको छ। पोर्चुगलको राजधानी लिस्बोन स्थित सिटि वोकमुन्दोमा  १६ डिसेम्बर सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो। किरात याक्थुङ चुम्लुङ पोर्चुगलका अध्यक्ष रुकमान केरुङको सभापतित्व र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष […]

एलिया लिम्बु । साइप्रस— किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा चासोक तङ्नाम येले तङ्बे ५०८४ शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष चुमन्ता तुम्बापो लिम्बूको सभापतित्व र प्रमुख अतिथि डीएसपी रबिन्द्र मान गुरूङको प्रमुख अतिथिको आतिथ्यता तथा बिशेष अतिथि प्रहरी इनिस्पेक्टर हेम बस्नेतको आतिथ्यतामा लिमासोलको ब्रिटानिय म्युजिक हलमा उक्त कार्यक्रम सम्पन्न भएको […]

फ्रान्स— नेवाःगुठी फ्रान्सले आफ्नो उद्देश्य र मिशनको साथ सामाजिक कार्यमा अग्रसर हुने, नेवा: समुदायको भेष-भुषा, पहिचान र संस्कृतिलाई फ्रान्समा बचाएर राख्ने उद्देश्यले पहिलो भेला सम्पन्न गरेको छ। १५ डिसेम्बर देखि लागु हुने गरी, सर्वसहमतिको आधारमा दीपक महर्जनको अध्यक्ष सहित उपाध्यक्षमा रबी राज श्रेष्ठ,महासचिव मिन श्रेष्ठ,कोषाध्यक्षमा कोपिला राय (कायस्था) र सह-कोषाध्यक्षमा राजेन्द्र बाबु श्रेष्ठ रहेका छन्। […]

लिस्वान — डिसेम्बर १२ तारिख देखि चलिरहेको पोर्चुगलको राजधानी लिस्वानमा राहदानी (ई-पासपोर्ट) वितरणको कार्य अब डिसेम्बर २१ सम्म चल्ने भएको छ। फ्रान्सका लागि राजदूत सुधीर भट्टराईको टोलीले राहदानी (ई-पासपोर्ट) वितरण सँग-सँगै यही पुष ३ देखि ६ गते सम्म (तदनुसार डिसेम्बर १८ देखि २१ गते सम्म) बिहानको ९ बजेदेखि बेलुकी ५ बजेसम्म अधिकृत वारेसनामा बाहेक अन्य […]

रासस  गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) इजरायलद्वारा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छिन्। शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै घिमिरेले रु २ लाख नगद पुरस्कार प्राप्त गरेकी हुन् । यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु एक लाख पुरस्कार प्राप्त गर्नुभयो भने तेस्रो स्थान […]

माल्टा — राहदानी लगायतका कागजात सम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा शनिवार देखि घुम्ती सेवा शिविर सञ्चालन भएको छ । शनिबार देखि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको कार्यालयमा सुरु भएको घुम्ती सेवा शिविरको दुई दिनमा राहदानी र कन्सुलर सेवा गरि ३ सय ९० जना नेपालीले सेवा लिएको छन्। स्पेनमा […]

दीपक भण्डारी । लिस्बोन ३० मङ्सिर । फुटबलको राजा मानिने रोनाल्डोको देश भनेर चिनिने युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण बढ्दो छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत सान्तो तोनियामा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो ।  खासगरी नेपाली युवाहरुको आकर्षणको केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिख बब्बल क्रिसमस नाइट -२०२४ को आयोजना गरेको छ। बब्बल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे ११ देखि बिहानको छ बजे सम्म चल्ने उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा साथ दिने छन् […]