Home Login

लिस्बन — पोर्चुगलको राजधानी लिस्बनको मुटु मानिने रोसियो मेट्रो स्टेशनमा सोमबार बिहान एक दुखद रेल दुर्घटना भएको छ । यस दुर्घटनामा परी एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने केही घण्टाको अवरोधपछि मेट्रो सेवा पुनः सञ्चालनमा आएको छ । लिस्बन फायर ब्रिगेड रेजिमेन्ट स्रोतका अनुसार, घटनाको जानकारी सोमबार बिहान ०९:५५ बजे प्राप्त भएको थियो […]

इजरायल —  नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा आगामी १३ फेब्रुअरी शुक्रबारका दिन हगना – १३५, तेलअभिवमा सोनाम ल्होछार साँगितिक साँझ–२०२६ हुने भएको छ । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपी, संस्कार र संस्कृतिको प्रवद्र्धन तथा संरक्षण गरौ, ताम्सालिङ प्राप्तिको लागि एक जुट हाऔं” भन्ने मुल नारा सहित नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङ समुदायको मुख्य चाड […]

पोर्चुगल — पेरिस सेन्ट-जर्मेन (PSG) र पोर्चुगलको राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी भिटिन्हाले ग्लोब सकर अवार्ड २०२५ मा ‘वर्ल्ड्स बेस्ट मिडफिल्डर’ अर्थात् विश्वकै उत्कृष्ट मिडफिल्डरको उपाधि जितेका छन् । भिटिन्हाले सन् २०२५ मा आफ्नो क्लब पिएसजी र राष्ट्रिय टोली पोर्चुगल दुवैका लागि मध्यभाग (मिडफिल्ड) मा एकछत्र राज गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। खेललाई नियन्त्रणमा राख्ने र […]

पोर्चुगल — युवा स्टार खेलाडी लामिन यामलले ग्लोब सकर अवार्ड २०२५ मा प्रतिष्ठित ‘बेस्ट फरवार्ड’ अर्थात् उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीको अवार्ड जितेका छन् । सानो उमेरमै विश्व फुटबलमा ठूलो छाप छोड्न सफल यामललाई उनको आक्रामक खेल शैली र गोल गर्ने क्षमताको कदर गर्दै यो पुरस्कार प्रदान गरिएको हो । विश्वका चर्चित फरवार्डहरूलाई पछि पार्दै यामलले यो […]

पोर्चुगल — फ्रान्सेली फुटबल क्लब पेरिस सेन्ट-जर्मेन (PSG) ले ग्लोब सकर अवार्ड २०२५ मा ‘बेस्ट क्लब अवार्ड’ अर्थात् वर्षको उत्कृष्ट क्लबको उपाधि जितेको छ । सन् २०२५ मा क्लबले गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै यो अवार्ड प्रदान गरिएको हो । पिएसजीका लागि सन् २०२५ निकै सुखद् रह्यो, जसमा उनीहरूले कुल छ वटा विभिन्न उपाधिहरू जित्न सफल […]

पोर्चुगल — ग्लोब सकर अवार्ड २०२५ मा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले ‘बेस्ट मिडिल इस्ट प्लेयर’ अर्थात् मध्य पूर्वका उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । साउदी अरेबियाको क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका रोनाल्डोले आफ्नो अद्भुत लयलाई कायम राख्दै यो महत्त्वपूर्ण उपाधि हात पारेका हुन् । अल नासरसँगको अविश्वसनीय सिजन र उत्कृष्ट प्रदर्शनका कारण उनलाई यो […]

नर्वे — मगर संघ नर्वेले आफ्नो भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित मगर भाषा तथा सांस्कृतिक कार्यक्रम २०२६ आयोजना गर्ने भएको छ । संघले “हाम्रो भाषा, कला, संस्कृति र परम्पराको संरक्षणमा हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रम २०२६ जनवरी ११ तारिख, आइतबार दिउँसो ठीक […]

एन बी अन्जान (पोर्चुगल) — तमु समुदायको मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तमु समाजद्वारा आयोजित तमु ल्होसार २०८२ आज पोर्चुगलको पारदिल्होमा भव्य, अनुशासित तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्ष विकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी, साहित्यकार तथा अनेसास पोर्चुगलका सल्लाहकार आर.पी. […]

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले आज साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । अभियानमा संस्थाका पदाधिकारी, सदस्यहरू साथै कुवेती,इजिप्टियन ,भारतीय तथा अन्य समुदायको पनि  सहभागिता थियो । संस्थाले  यसअघि सम्पन्न रक्तदान कार्यक्रम र पहिलो […]

लन्डन —  सन् २०२६ जनवरी १ तारिखका दिन लन्डनमा टोपी दिवस मनाइने भएको छ। नेपाली पहिचान, संस्कृति र गौरवलाई सम्मान गर्ने उद्देश्यसहित राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको हो । आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ ।सहभागीहरूलाई सोही […]