Home Login

लन्डन —  बेलायतमा सक्रिय नेपाली क्रिकेट समुदायको प्रतिष्ठित प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) र शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बीच आधिकारिक रूपमा टाइटल स्पोन्सरशिप सम्झौता सम्पन्न भएको छ । लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाले आगामी सहकार्यका लागि औपचारिक हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बेलायती क्रिकेट जगतका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति […]

लन्डन —  सन् २०२६ जनवरी १ तारिखका दिन लन्डनमा टोपी दिवस मनाइने भएको छ। नेपाली पहिचान, संस्कृति र गौरवलाई सम्मान गर्ने उद्देश्यसहित राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको हो । आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ ।सहभागीहरूलाई सोही […]

बेलायत — बेलायतले अब आफ्ना नागरिक फिर्ता लिन नमान्ने मुलुकहरूलाई भिसा नदिने नीति लागू गर्ने भएको छ । बेलायती गृहमन्त्री शबाना महमुदले सोमबार सार्वजनिक गरेको यो कडा कदम ‘अवैध आप्रवासन रोक्न’ ल्याइएको बताइएको छ । पहिलो चरणमा अङ्गोला, नामिबिया र कंगो लोकतान्त्रिक गणतन्त्रका नागरिकहरूलाई युके भिसा रोक्ने निर्णय गरिएको छ । यी देशहरूले आप्रवासी फिर्ता […]

लन्डन — यही नोभेम्बर १५ तारिख शनिबार, लन्डनस्थित ग्रीनफोर्ड हलमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५ भव्य रूपमा आयोजना हुने भएको छ । इन्फा इभेन्ट यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको इन्फा अवार्ड नेपाली फिल्म तथा फिल्मकर्मीहरूको एक महाउत्सवका रूपमा मनाइनेछ । इभेन्टमा नेपाल र विदेशमा रहेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, […]

बेलायत — बेलायत सरकारले आप्रवासन नियन्त्रणलाई कडा बनाउँदै विदेशीहरूका लागि भिसा नियमहरूलाई थप कठोर बनाउने घोषणा गरेको छ ।  सदनमा प्रस्तुत गरिएका नयाँ नियमहरूअनुसार अब ‘स्किल्ड वर्क भिसा’का लागि आवेदन दिनेहरूले ए–लेभल (कक्षा १२) बराबरको अंग्रेजी (बी–२ स्तर)बोल्ने, पढ्ने, लेख्ने र बुझ्ने क्षमता प्रमाणित गर्नुपर्नेछ । यो ‘सिक्योर इंग्लिस ल्यांग्वेज टेस्ट’ २०२६ जनवरी ८ बाट […]

लन्डन — गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो। मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत […]

बेलायत — बेलायतको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन र काठमाडौंबीच सिधा हवाई उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् । ह्यारो वेष्टबाट चौथो पटक निर्वाचित सांसद थोमसले नेपाली समुदायको बलियो मागलाई सम्बोधन गर्दै यो अभियान सुरु गरेको जनाएका छन् । सांसद थोमसले आफ्नो पिटिशनमा बेलायतमा रहेको नेपाली समुदाय […]

बेलायत — अमेरिकाले अवैध आप्रवासीका लागि कडा नीति अपनाएलगत्तै बेलायतले पनि अवैध आप्रवासन रोक्न नयाँ योजना ल्याउने तयारी थालेको छ । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले डिजिटल आईडीसम्बन्धी नयाँ योजना ल्याउने घोषणा गर्नुभएको छ । जसले अवैध रूपमा काम गर्नेलाई कठिन बनाउने र देशको सीमालाई अझ सुरक्षित बनाउने उहाँको दाबी छ । प्रधानमन्त्री स्टार्मरले लेबर पार्टीसहित […]

लन्डन । आइतबार लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली  मेलामा भूतपूर्व गोर्खा सैनिक तथा परिवार लगायत  झन्डै १३  हजार नेपालीले भाग लिएका छन्। उक्त मेलालाई सम्बोधन गर्दै  सामाजिक अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफुले शुरु गरेको उज्यालो नेपाल अभियानलाई  साथ दिन आग्रह गरे । घिसिङले […]

म्यानचेस्टर — गायक, संगीतकार तथा नेपाल आईडलका लोकप्रिय जज कालीप्रसाद बास्कोटाले दशैं- तिहार लक्षित युके टुर गर्ने भएका छन् । ८८४८ भाईभ्सले गर्न लागेको युके टुरको पहिलो कार्यक्रम म्यानचेस्टरमा हुनेछ । अक्टोबर १२ आइतबार म्यानचेस्टरमा पहिलो पटक नेपालकै झल्को दिने गरि दशैं र तिहार कार्यक्रम राखिएको आयोजक ८८४८ भाइभ्सका प्रवन्ध निर्देशक मनोज बजगाईले जानकारी दिए […]