Home Login

जवानी बेचेर प्रदेश पसेको पुरुष बुढेसकाल बोकेर घर फर्किन्छ । प्रदेस पसेको पुरुषको जीवनको कुनै कथा होइन, उ त जिम्मेवारीको जेलमा फसेको हुन्छ । उस्लाइ घर बस्ने अधिकार हुँदैन । धेरैले आफ्नो कल-कलाउदो जवानी, घर बाहिरै गाड्नुपर्छ । चार दिनको बिदा लिएर । घर आउँदा पनि उसले आराम पाउँदैन उसले नयाँ ऋण, नयाँ सपना र […]

म बुहारी हुँ तर मेरो नाम हरायो मेरो पहिचान हरायो मेरो अस्तित्व मेटियो ; म हाँस्छु तर भित्र रोइरहेकी छु म चुप लाग्छु किनकि बोले अपराध ठानिन्छ । म सहन्छु किनकि सहनु मेरो भाग्य बनाइयो सासुको गालीले पोल्छ नन्दको हेपाइले चिथोर्छ ।  श्रीमान् मौन बस्दा मेरो मन भाँचिन्छ मेरो पीडा देख्ने कोही छैन मेरो आँसु […]

‘पंकज रैश्वल’ कर्मभूमि ; क्रोसिया म क्रोएसिया केवल बाँच्न आएको होइन, केही बन्न आएको हुँ । विदेशी जीवन बाहिरबाट जति आकर्षक देखिन्छ, भित्र त्यत्तिकै मौन संघर्ष लुकेको हुन्छ । फोटोमा मुस्कान देखिए पनि त्यस मुस्कानभित्र भाषा, संस्कृति र परिस्थितिसँगको निरन्तर संघर्ष मिसिएको हुन्छ । नयाँ भाषा, नयाँ नियम र अपरिचित मानिसहरूबीच आफ्नो पहिचान खोज्नु सजिलो […]

अब उडान भरुँ जस्तो लाग्छ, तर जिन्दगीमा देखेका, चाहेका सबै कुरा कहाँ पूरा हुँदारहेछन र ? सफलताको यात्रामा हरेक पाइला परिस्थितिसँग लड्नैपर्छ ।“आजभन्दा भोलि राम्रो होला” भन्ने आशामा उभिएको वर्षौं बितिसकेछ । मनभित्र गुम्सिएका रहर, इच्छा, सपना ती सबैको हत्यारा आफैँ बनेँ, स्वार्थले भरिएका सम्बन्धहरूलाई टुट्न नदिउँ भनेर समातेँ, तर निस्वार्थ माया कसैबाट पाइन । […]

पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको भाइटीकाका लागि विश्वका विभिन्न देशहरूमा शुभ साइत (शुभ समय) सार्वजनिक गरेको छ । समितिको हालैको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो । नेपालको लागि शुभ साइत समितिका अनुसार, नेपालमा भाइटीका २०८२ […]

ओस्लो, नर्वे —  हिन्दूहरूको पवित्र पर्व जनै पूर्णिमा तथा रक्षा बन्धन नर्वेमा विशेष उल्लास र धार्मिक निष्ठाका साथ सम्पन्न भएको छ । नर्वेको राजधानी ओस्लो नजिकै Dr. Dedichens vei 23, 0673 Oslo स्थित हलमा आयोजित एक भव्य कार्यक्रमका बीच नेपाली हिन्दू समुदायले यो पर्व मनाएका हुन् । यसै शुभ अवसरमा नर्वेमा पशुपतिनाथ मन्दिर स्थापनाको शुभमुहूर्त […]

पोर्चुगल — अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) ले नेपालको विकास रणनीति र समकालीन नीति बहसमा विश्वभर छरिएर रहेका नेपाली विद्यावारिधि (पीएचडी) विज्ञहरूको ज्ञान, अनुसन्धान र अनुभवलाई एकीकृत गर्ने उद्देश्यले ‘विश्व नेपाली विद्यावारिधि संघ’ (विश्व नेपाली पीएचडी संघ – डब्लुएनपीएचडिए) को स्थापना गरेको छ । यो संस्था इन्स अन्तर्गतको ‘अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र’ (अन्तर्राष्ट्रिय नेपाल थिङ्क ट्याङ्क […]

बेल्जियम — गत सोमबार अर्थात २३ जूनको दिन बेल्जियमको डाइमण्ड शहर आन्थ्रोपेनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को छैटौँ च्याप्टर सम्मेलन बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यता र अनेसासका केन्द्रिय सल्लाहकार जीवा लामिछानेको बिशेष आतिथ्यतामा उद्घाटन भएको सम्मेलन संगठन र भाषा साहित्यबारे तीन दिनसम्म चलेर जून २५ मा सकियो । नेपाली राष्ट्रिय गीतबाट […]

नर्वे — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नर्वे च्याप्टरले ओस्लोमा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । साहित्यकार विष्णुमाया विभुको सभापतित्व तथा साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रा. डा. विशाल सिटौला र अनेसास केन्द्रका उपाध्यक्ष लालगोपाल सुवेदी विशेष अतिथिका रूपमा उपस्थित हुनुभएको थियो । अधिवेशनले राजेश सापकोटालाई अध्यक्षमा, दीपक खतिवडा गरिमालाई उपाध्यक्षमा, […]

पोर्चुगल — अनेसास पोर्चुगल च्याप्टरको अधिवेशन सम्पन्न भएको छ । अनेसासको बिधान अनुरुप दुईबर्षे कार्यकाल रहने गरि अधिवेशनबाट निर्विरोध रुपमा एन बी अन्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल सदस्य, सुजन पण्डित सदस्य र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति […]