Home Login
साहित्य

पोर्चुगलमा भाइटीकाको उत्तम साइत अक्टोबर २३ तारिख बिहान ११:२९ बजे

पोर्चुगल — अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन धर्मावलम्बीहरूको महान् पर्व तिहार अन्तर्गतको भाइटीकाका लागि विश्वका विभिन्न देशहरूमा शुभ साइत (शुभ समय) सार्वजनिक गरेको छ ।

समितिको हालैको बैठकले तिथिमान, नक्षत्र र स्थानअनुसारका खगोलीय गणनाका आधारमा विश्वभरिका प्रमुख शहरहरूमा भाइटीका लगाउने उपयुक्त समय निर्धारण गरेको हो ।

नेपालको लागि शुभ साइत

समितिका अनुसार, नेपालमा भाइटीका २०८२ कार्तिक ६ गते (अक्टोबर २३, २०२५) का दिन बिहान ११ः३९ बजे लगाउनु सबैभन्दा उपयुक्त मानिएको छ ।

प्रमुख अन्तर्राष्ट्रिय शहरहरूको साइत (अक्टोबर २३, २०२५)

देश/शहर शुभ साइत (स्थानीय समय)

भारत (नयाँ दिल्ली) बिहान ११ः५५ बजे
अमेरिका (न्युयोर्क) बिहान ११ः५५ बजे
बेलायत (लन्डन) बिहान ११ः३७ बजे
पेरिस, फ्रान्स बिहान ११ः२१ बजे
फ्र्याङ्कफर्ट, जर्मनी बिहान ११ः४३ बजे
डेनमार्क बिहान ११ः२५ बजे
ओस्लो, नर्वे बिहान ११ः४३ बजे
जेनेभा, स्वीट्जरल्याण्ड बिहान ११ः४५ बजे
टोरन्टो र भ्यानकुभर, क्यानाडा बिहान ११ः२५ बजे
टेक्सास, अमेरिका बिहान ११ः५७ बजे
क्यालिफोर्निया, अमेरिका बिहान ११ः४१ बजे
सिकागो, अमेरिका बिहान ११ः३५ बजे
अबुधाबी, युएई बिहान ११ः५५ बजे
दोहा, कतार बिहान ११ः५५ बजे
तेल अभिभ, इजरायल बिहान ११ः४५ बजे
लिस्बन, पोर्चुगल बिहान ११:२९

अक्टोबर २२, २०२५ मा भाइटीका पर्ने शहरहरू (अस्ट्रेलिया र केही एसियाली देश)

अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ लगायतका शहरहरूमा मिति फरक पर्ने भएकाले २०८२ कार्तिक ५ गते (अक्टोबर २२, २०२५) मा नै भाइटीका पर्व पर्नेछ । सोही अनुसारका साइत निर्धारण गरिएका छन् :

देश/शहर शुभ साइत (स्थानीय समय)

टोकियो, जापान बिहान ११ः४२ बजे
सियोल, दक्षिण कोरिया बिहान ११ः२१ बजे
सिंगापुर बिहान ११ः५८ बजे
क्वालालम्पुर, मलेसिया बिहान ११ः५७ बजे
बैंकक, थाइल्याण्ड बिहान ११ः४१ बजे
यंगुन, म्यानमार बिहान ११ः५५ बजे

यस वर्ष तिहारको अवसरमा ‘विश्व ज्योतिष महासंघ’ र ‘अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति’ ले सम्पूर्ण सनातन धर्मावलम्बीहरूलाई तिहार तथा शुभ दीपावली २०८२ (सन् २०२५) को मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

समितिले यो शुभ साइत ‘सबैभन्दा उपयुक्त समय’ का रूपमा निर्धारण गरिएको जनाउँदै, सो दिन आफूअनुकूल समयमा पनि टीका लगाउन सकिने स्पष्ट पारेको छ ।

 

Leave a Reply