आज जनवरी २९, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ –
नेपाल तामाङ घेदुङ मलेसियाले मनाइयो सोनाम ल्होछार —
नेपाल तामाङ घेदुङ मलेसियाले सोनाम ल्होछारको अवसरमा मलेसियाको राजधानी क्वालालम्पुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मन्जुश्री सम्बत् २८६१ डुल ल्होको अवसरमा आयोजित कार्यक्रममा नवनियुक्त राजदूत नेत्रप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
जापानमा आत्महत्या गर्ने विद्यार्थीको सङ्ख्या बढ्दो क्रममा —
जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।
सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा पत्रकार महासंघको आपत्ति —
नेपाल पत्रकार महासंघले राष्ट्रिय सभामा पेस भएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका कतिपय प्रावधान स्वीकार्य नहुने बताएको छ।
बुधबार महासंघले विज्ञप्ती जारी गर्दै सरकारले राष्ट्रिय सभामा पेस गरेको विधेयकका कतिपय प्राविधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने खालका भएकोले स्वीकार्य नहुने बताएको हो ।
अमेरिकाले एक हजार ३ सय ६५ जना नेपाली नागरिकलाई फिर्ता गर्ने भएको छ —
अमेरिकाले एक हजार ३ सय ६५ जना नेपाली नागरिकलाई फिर्ता गर्ने भएको छ। ‘अवैध’ रुपमा बसोबास गरिरहेका नेपालीलाई फिर्ता गर्ने भएको हो।
डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अवैध आप्रवासीलाई देश फिर्ता गरिरहेका छन्। अमेरिकाले देशबाट निष्कासन गर्ने १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको छ। अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १ हजार ३६५ जना नेपाली समावेश छन्।
चर्चित र्यापर ५:५५ आउँदो मार्च र अप्रिलमा युरोप आउँदै —
पछिल्लो युवा पुस्ताहरूको चर्चित र्यापर ५:५५ सांगीतिक प्रस्तुतिका लागि युरोप आउने भएका छन्। आउँदो मार्च र अप्रिलमा आफ्नो सांगीतिक प्रस्तुतिका लागि युरोप आउने भएका हुन्।
Leave a Reply