Home Login

साइप्रस — युरोपेली संघ (EU) ले सीमा सुरक्षा र व्यवस्थापनका लागि नयाँ कडा नियमहरू ल्याउने तयारी गरिरहँदा साइप्रसमा आउने पर्यटक तथा यात्रुहरूका लागि भने राहतको खबर छ । साइप्रस हालसम्म युरोपको सीमा-रहित क्षेत्र मानिने ‘सेन्जेन क्षेत्र’ मा पूर्ण रूपमा समावेश नभएको कारण, आगामी अप्रिल महिनाबाट युरोपका अन्य देशहरूमा लागू हुन लागेको ‘इलेक्ट्रोनिक प्रवेश/निकास प्रणाली’ (EES) […]

साइप्रस — चर्चित ट्राभल प्लेटफर्म ट्रिपएडभाइजरले साइप्रसको प्रोटारासस्थित ‘फिग ट्री बे’ लाई सन् २०२६ का लागि युरोपकै शीर्ष १९ उत्कृष्ट समुद्र तटहरूको सूचीमा समावेश गरेको छ । ट्राभलर्स च्वाइस अवार्डअन्तर्गत सार्वजनिक भएको यस वर्षको युरोपेली यात्रीहरूको रोजाइको सूचीमा पर्न सफल यो नै एक मात्र साइप्रसको समुद्र तट हो । यस प्रतिष्ठित मान्यताले साइप्रसको पर्यटन क्षेत्रमा […]

साइप्रस — युरोपेली युनियन (ईयु) को घुमाउरो अध्यक्षता ग्रहण गरिरहेको साइप्रसले आप्रवासन नियमन र कार्यान्वयनमा ठूलो कडाइ सुरु गरेको छ । डिसेम्बरको मध्यदेखि सुरु भएको प्रहरी छापा, कडा निगरानी र जाँच अभियानका क्रममा ठूलो संख्यामा आप्रवासीहरूलाई हिरासतमा लिइएको छ भने सयौँले देश छोड्न बाध्य भएका छन् । पछिल्ला महिनाहरूमा कागजात नभएका आप्रवासीहरूलाई लक्षित गर्दै साइप्रसका […]

निकोशिया —  साइप्रस सडक सुरक्षाको मामिलामा युरोपेली संघ (ईयू) का देशहरूमध्ये १४औं स्थानमा परेको छ । हालै सार्वजनिक गरिएको युरोपेली आयोगको प्रतिवेदन अनुसार, सन् २०२४ मा साइप्रसमा प्रति १० लाख बासिन्दामा ४४ जनाको सडक दुर्घटनामा मृत्यु भएको तथ्याङ्क छ । प्रतिवेदनले साइप्रसको सडक सुरक्षामा केही गम्भीर चुनौतीहरू औंल्याएको छ । विशेषगरी १८ देखि २४ वर्ष […]

साइप्रस — युरोपेली मुलुक साइप्रसमा श्रम संस्कृति महा-अभियान पार्टीले आफ्नो सांगठनिक विस्तार गरेको छ । गत आइतबार लिमासोलस्थित मोलोस पार्कमा सम्पन्न एक विशेष भेलाले कौशिला देवानको अध्यक्षतामा ५१ सदस्यीय प्रवास समिति गठन गरेको हो । रोजगारीका सिलसिलामा प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षण र श्रमको सम्मान स्थापित गर्ने मूल उद्देश्यका साथ यो समिति निर्माण गरिएको […]

साइप्रस — युरोपेली संघ (ईयु) मा साइप्रस खाद्यान्न फोहोर फाल्ने सूचीको शीर्ष स्थानमा परेको छ, जसले गम्भीर वातावरणीय र सामाजिक चुनौतीहरू निम्त्याएको छ । वातावरण आयुक्त एन्टोनिया थियोडोसियोले हालै आयोजित ‘माइन्ड रिसेटर’ प्रतियोगिताको पुरस्कार वितरण समारोहमा यस तथ्याङ्कप्रति चिन्ता व्यक्त गर्दै राज्यले यो समस्यालाई गम्भीरताका साथ लिएको बताउनुभयो । उहाँका अनुसार, यो केवल तथ्याङ्कको विषय […]

साइप्रस — वैदेशिक रोजगारीको सिलसिलामा युरोपेली मुलुक साइप्रसमा रहेकी एक नेपाली युवतीको सडक दुर्घटनामा परी दुखद निधन भएको छ । गत मंगलबार बिहान काममा जाने क्रममा विद्युतीय स्कुटर (ई–स्कुटर) दुर्घटनामा परी गम्भीर घाइते भएकी २६ वर्षीया लाक्पा डोमा शेर्पाको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो । प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटना फेब्रुअरी १० (मंगलबार) […]

साइप्रस  — प्रवासमा रहेर पनि आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षणमा सक्रिय नेपाल तामाङ घेदुङ साइप्रसले मञ्जुश्री सम्वत् २८६२ सोनाम ल्होछार (ता ल्हो/घोडा वर्ग) भव्यताका साथ मनाएको छ । “तामाङ जातिको उत्थान, भाषा, धर्म र संस्कृतिको सम्बर्द्धन” भन्ने मूल आदर्श बोकेर सन् २०१६ मा स्थापना भएको यस संस्थाले गत आइतबार (८ फेब्रुअरी २०२६) का दिन […]

लिमासोल (साइप्रस) — साइप्रसको लिमासोलमा भएको सवारी दुर्घटनामा परी एक नेपाली युवती गम्भीर घाइते भएकी छन् । इलेक्ट्रिक स्कुटरमा सवार २६ वर्षीया ती युवतीलाई कारले ठक्कर दिंदा उनको अवस्था चिन्ताजनक बनेको हो । गत मंगलबार बिहान करिब ८:३० बजे काममा जान निस्किएकी समयमा उनी दुर्घटनामा परेकी हुन् । लिमासोलस्थित मेडिटेरेनियन अस्पतालमा उनको उपचार भइरहेको छ […]

साइप्रस — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको समस्या समाधान र पुनर्निर्माणमा केन्द्रित रहँदै आफ्नो पहिलो ‘शान्ति परिषद्’ बैठकको आयोजना गर्ने भएका छन् । यस विशेष बैठकका लागि उनले साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिड्स र ग्रीस प्रधानमन्त्री किरियाकोस मिट्सोटाकिसलाई वाशिङ्गटन आमन्त्रित गरेका छन् । आगामी फेब्रुअरी १९ मा हुने तय भएको यो बैठकलाई अमेरिकी प्रशासनले मध्यपूर्वमा शान्ति […]