Home Login
साईप्रस

साइप्रसमा श्रम संस्कृति पार्टीको प्रवास समिति गठन, अध्यक्षमा कौशिला देवान

साइप्रस — युरोपेली मुलुक साइप्रसमा श्रम संस्कृति महा-अभियान पार्टीले आफ्नो सांगठनिक विस्तार गरेको छ । गत आइतबार लिमासोलस्थित मोलोस पार्कमा सम्पन्न एक विशेष भेलाले कौशिला देवानको अध्यक्षतामा ५१ सदस्यीय प्रवास समिति गठन गरेको हो ।

रोजगारीका सिलसिलामा प्रवासमा रहेका नेपाली श्रमिकहरूको हकहित संरक्षण र श्रमको सम्मान स्थापित गर्ने मूल उद्देश्यका साथ यो समिति निर्माण गरिएको हो । समितिले श्रमिकहरूको एकता, सुरक्षा र सुदृढीकरणमा जोड दिने बताएको छ । विशेष गरी परदेशमा नेपाली श्रमिकहरूले भोग्नुपरेका समस्या, चुनौती तथा सुरक्षासम्बन्धी विषयमा अब यो समितिले संगठित रूपमा आवाज उठाउनेछ ।

यसअघि पोर्चुगलमा पनि पार्टीको प्रवास समिति गठन भइसकेको छ । सोही अभियानलाई निरन्तरता दिँदै साइप्रसमा पनि संगठन विस्तार गरिएको हो । नवगठित समितिले मर्यादित श्रम संस्कृतिको प्रवर्द्धन गर्दै श्रमिकहरूलाई थप सशक्त र एकताबद्ध बनाउने लक्ष्य लिएको छ ।

भेलाबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विकास थोकर, उपाध्यक्षमा सजेन्द्र मल्ल र महिला उपाध्यक्षमा गीता रानी राई रहेका छन् । त्यस्तै, महासचिवको जिम्मेवारी कल्पना सुनुवारले सम्हाल्नेछिन् भने सचिवमा सरु मादेन र सह–सचिवमा दिपिका नेम्वाङ्ग चयन भएका छन् ।

समितिको आर्थिक पाटो हेर्ने गरी कोषाध्यक्षमा कोपिला नाल्बो र सह–कोषाध्यक्षमा विमल कुमार चेम्जोङ्गलाई चयन गरिएको छ भने प्रवक्ताको जिम्मेवारी गङ्गा कुरुङ्गभाङलाई दिइएको छ ।

समितिको सदस्यहरूमा राम मगर, जीवन मगर, कमला तावा, अरुण दोङ्ग, युपनामा मेंयान्बो, डम्बर नाल्बो, गीता कुरुङ्गभाङ, शान्ता नेम्वाङ्ग, बल कुमार याम्फु, भागेश्वर तामाङ्ग, बिनु चाम्लिङ्ग, लक्ष्मी राई, प्रतिक्षा नाछिरिङ्ग, हेमराज इधिङ्गो र कमला राई रहेका छन् ।

त्यस्तै अन्य सदस्यहरूमा राम प्रसाद नेम्वाङ्ग, सानु चाम्लिङ्ग, निशा लिम्बु, विष्णु कुरुङ्गभाङ, स्मृति लिम्बु, राजु आङ्ग्देम्बे, पुष्पा योङ्गहाङ्ग, युना लिम्बु, फुर्वा स्याङ्गबो तामाङ्ग, माया साम्योक, जीवन राना मगर, विवेक राना मगर, राजेश तामाङ्ग, लिम्बुनी कान्छी, दीपेन्द्र पालुङवा, उत्तम मगर, सुमन लावती, उमेश तामाङ्ग, मनिता राई, डोल्मा राई, रमेश खड्का, उमेश थिङ्ग र सन्दिप याख्या चयन भएका छन् ।

Leave a Reply