Home Login

भ्रोस्वाभ —  नेपाली राजदूतावास, बर्लिनको आयोजनामा पोल्याण्डको भ्रोस्वाभ शहरमा सञ्चालित राहदानी तथा कन्सुलर घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ । सन् २०२६ को जनवरी २ तारिखदेखि सुरु भएको यो शिविरमा सेवाग्राहीहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो । विशेषगरी राहदानी नवीकरण तथा कन्सुलरसम्बन्धी समस्या भोगिरहेका नेपाली नागरिकहरूलाई पायक पर्ने स्थानमै सेवा दिने उद्देश्यले यो शिविर […]

लन्डन —  बेलायतमा वर्क परमिट दिलाइदिने नाममा नेपालीहरुबाटै नेपाली ठगिने क्रम बढेपछि लन्डनस्थित नेपाली दूतावासले चासो व्यक्त गरेको छ । दूतावासले एक सूचना जारी गर्दै कामका लागि स्पोन्सरसीप खोजिदिने बहानामा उल्लेख्य नेपालीहरु ठगीमा परेका गुनासा दूतावासमा प्राप्त भएको जनाउंदै ठगीबाट बच्न सचेत रहन अपिल गरेको छ। दूतावासले जनाए अनुसार ठगीमा पर्नेहरु कतिपय नेपालबाट संयुक्त अधिराज्य […]

पोर्चुगल — पोर्चुगलमा यस वर्षको क्रिसमस र नयाँ वर्ष (२०२५/२०२६) को अवसरमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा सडक दुर्घटनाको तथ्याङ्क अत्यन्तै निराशाजनक र पीडादायी देखिएको छ । राष्ट्रिय रिपब्लिकन गार्ड (GNR) र सार्वजनिक सुरक्षा प्रहरी (PSP) ले संयुक्त रूपमा सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार, डिसेम्बर १८ देखि जनवरी ४ सम्मको १८ दिने छोटो अवधिमा […]

पोर्चुगल — विश्वभरका मुलुकहरूको वातावरणीय अवस्था मापन गर्ने प्रतिष्ठित ‘वातावरणीय कार्यसम्पादन सूचकांक’ (EPI) को पछिल्लो प्रतिवेदन सार्वजनिक भएको छ । अमेरिकाको येल र कोलम्बिया विश्वविद्यालयले १८० देशहरूको वातावरणीय अवस्था, जलवायु परिवर्तनको प्रभाव र दिगोपनलाई आधार मानेर तयार पारेको यो सूचीमा युरोपेली मुलुकहरूले आफ्नो वर्चस्व कायम राखेका छन् । यसै सन्दर्भमा, दक्षिण युरोपेली राष्ट्र पोर्चुगलले आफ्नो […]

इटाली — युरोपेली संघको झन्डै आधा जनसंख्या ओगट्ने तीन प्रमुख शक्ति राष्ट्रहरू—फ्रान्स, जर्मनी र इटाली—मा नागरिक स्वतन्त्रताको अवस्था चिन्ताजनक बन्दै गएको छ। नागरिक समाज र अधिकारकर्मीहरूको विश्वव्यापी सञ्जाल ‘सिभिकस’ (CIVICUS) को ताजा प्रतिवेदन अनुसार, यी तीन देशहरूमा नागरिक समाजका लागि वातावरण बिग्रँदै गएको पाइएको छ । यी राष्ट्रहरूलाई अब ‘संकुचित’ बाट तल झारेर ‘अवरोधित’ श्रेणीमा […]

पोर्चुगल — चर्चित लोक दोहोरी गायक तथा संगीतकार खेम सेन्चुरी र लोकप्रिय मोडल ओबी रायमाझी आफ्नो एक महिना लामो युरोपको सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएका छन् । ‘रमाइलो युरोप टुर’ नाम दिइएको यो विशेष सांगीतिक अभियान सकेर कलाकारको टोली जनवरी १ तारिख (बिहीबार) नेपाल फर्किएका हुन् । विशेष गरी युरोपमा रहेका नेपाली डायस्पोरालाई […]

पोर्चुगल — भेनेजुएलामा उत्पन्न पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिलाई लिएर पोर्चुगिज सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एक विशेष आधिकारिक वक्तव्य जारी गरेको छ । प्रधानमन्त्री र पोर्चुगिज सरकारले भेनेजुएलाको संकट सुरु भएदेखि नै गणतन्त्रका राष्ट्रपतिसँगको निकट समन्वयमा स्थितिको निरन्तर र सुक्ष्म अनुगमन गरिरहेको स्पष्ट पारेका छन् । सरकारले यो निगरानी प्रक्रियालाई प्रभावकारी बनाउन काराकासस्थित पोर्चुगिज […]

भ्रोस्वाव (पोल्यान्ड) — जर्मनीस्थित नेपाली राजदूतावासले पोल्यान्डको भ्रोस्वाव सहरमा सञ्चालन गरिरहेको राहदानी तथा कन्सुलर घुम्ती शिविरको समय अवधि एक दिन थप गरेको छ । शिविरमा सेवाग्राहीको अत्यधिक चाप बढेपछि र धेरै सेवाग्राहीहरू सेवा लिनबाट वञ्चित हुने अवस्था आएपछि दूतावासले तत्कालै निर्णय लिँदै शिविरको समय लम्ब्याएको हो । दूतावासले यसअघि नै पूर्व निर्धारित कार्यक्रम अनुसार जनवरी […]

सोफिया (बुल्गेरिया) —  नयाँ वर्षको सुरुवातसँगै बुल्गेरियाले युरोपेली संघको एकल मुद्रा ‘युरो’ लाई आफ्नो आधिकारिक मुद्राको रूपमा अँगालेको छ। यो ऐतिहासिक कदमसँगै बुल्गेरिया युरो क्षेत्र (युरोजोन) को २१औँ सदस्य राष्ट्र बन्न सफल भएको छ । लामो समयदेखिको तयारी, आर्थिक सुधार र मापदण्डहरूको पालनापछि यो बाल्कन राष्ट्रले अन्ततः आफ्नो राष्ट्रिय मुद्रा ‘लेभ’ लाई विदा गर्दै युरोपेली […]

ब्रसेल्स — विश्वभरका पत्रकारहरूको छाता सङ्गठन इन्टरनेसनल फेडेरेसन अफ जर्नलिस्ट्स (IFJ) ले सन् २०२५ मा मारिएका पत्रकार तथा मिडिया पेशेवरहरूको अन्तिम सूची सार्वजनिक गरेको छ, जसको नतिजा अत्यन्तै दुःखद र भयानक देखिएको छ । सार्वजनिक तथ्याङ्क अनुसार, बीतेको वर्ष विश्वभर कुल १ सय २८ जना पत्रकार तथा सञ्चारकर्मीले आफ्नो ज्यान गुमाएका छन् । यो तथ्याङ्कले […]