Home Login

लिस्बन, पोर्चुगल — पोर्चुगलको लिस्बनमा अवस्थित नेपाली राजदूतावासले राहदानीका लागि आवेदन दिएका नेपाली नागरिकहरूका लागि एक अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । दूतावासका अनुसार, ‘लट १’ र ‘लट २’ अन्तर्गत आवेदन दिएका थप आवेदकहरूको राहदानी नेपालबाट प्राप्त भइसकेको र वितरणका लागि तयार रहेको जानकारी गराइएको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै सम्बन्धित […]

पोर्चुगल — आउँदै गरेको हरितालिका तीजको अवसरमा पोर्चुगलमा बसोबास गर्ने लमजुङवासीहरूले एक विशेष कार्यक्रम आयोजना गर्ने भएका छन् । लमजुङ्गे चेलीबेटीहरूलाई दर खुवाउने तथा विशेष सांगीतिक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । आफ्नो मौलिक संस्कृति र परम्परालाई विदेशमा पनि जीवन्त राख्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा पोर्चुगलमा रहनुहुने सम्पूर्ण लमजुङवासी […]

पोर्चुगल — पोर्चुगल विश्वको सबैभन्दा स्वतन्त्र र लोकतान्त्रिक देशहरू मध्ये एकको रूपमा आफ्नो स्थानलाई निरन्तर बलियो बनाउँदै आएको छ । नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार, र व्यक्तिगत स्वतन्त्रता जस्ता विभिन्न मापदण्डहरूमा आधारित अन्तर्राष्ट्रिय प्रतिवेदनहरूले पोर्चुगललाई लगातार उच्च श्रेणीमा राखेका छन् । पोर्चुगलले नागरिक र राजनीतिक अधिकारको सम्मानमा उत्कृष्ट प्रदर्शन गरेको छ । फ्रिडम हाउसको “फ्रिडम इन […]

पोर्चुगल — म्याग्दी जिल्लामा जन्म भई हाल रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका-१५, सेम्लार रतनपुरमा स्थायी बसोबास गर्दै आउनुभएका र विगत १० वर्षदेखि पोर्चुगलमा कार्यरत ४१ वर्षीय काशीराम बुढाथोकी (गोरे) मगरको असामयिक निधन भएको छ । उहाँको शुक्रबार, ०१ अगस्ट २०२५ का दिन लिस्बनस्थित करी कब्राल अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । स्वर्गीय बुढाथोकी आफ्ना बुवा […]

पोर्चुगल — नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलमा बस्ने नेपालीहरुका लागि विद्युतीय राहदानी (इ-पासपोर्ट) को अनलाइन आवेदन खुला गरेको छ । राजदूतावासले आज शुक्रबार एक सूचना जारी गर्दै आगामी अगष्ट १७ देखि १६ सेप्टेम्बर, २०२५ सम्मका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो । राहदानीको म्याद सकिएका, चाँडै सकिन लागेका वा राहदानी हराएका/च्यातिएका व्यक्तिहरूले तोकिएको समयभित्र अनलाइन […]

पोर्चुगल — पोर्चुगलको सक्रिय संस्था तमु समाज पोर्चुगलले आफ्नो प्रतिष्ठित वार्षिक खेलकुद प्रतियोगिता ‘तमु कप’ को सातौँ संस्करण आयोजना गर्ने घोषणा गरेको छ । यही आउँदो अगस्ट ३१ तारिखका दिन हुने यस प्रतियोगितामा ओपन र भेट्रान (+३५) गरी दुई विधामा सेभेन ए साइड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनस्थित भितोरिया क्लब […]

पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले तीन वर्षपछि पुनः स्पेनको मैदानमा फुटबल खेल्ने भएका छन् । उनीसहितको अल–नासर टोलीले आगामी अगस्ट १० मा स्पेनको अलमेरियामा अलमेरिया एफसीसँग प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।  साउदी क्लब अल–नासरले यति बेला क्लब विश्वकपको यात्रा गुमाए पनि व्यस्त गर्मीयाम बिताइरहेको छ । क्लबले हालै रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता […]

पोर्चुगल — पोर्चुगलमा बसोबास गर्दै आएका र जसको आवासीय अनुमतिपत्र (Residence Permit) को म्याद अगस्ट २०२५ मा सकिँदैछ, उनीहरुका लागि खुसीको खबर छ । पोर्चुगलको आप्रवासन तथा शरणसम्बन्धी एजेन्सी (AIMA) ले त्यस्ता अनुमतिपत्र नविकरणका लागि अनलाइन पोर्टल खुला गरेको छ । यो व्यवस्थासँगै अब अगस्ट २०२५ मा म्याद सकिने आवासीय अनुमतिपत्र भएका व्यक्तिहरूले अनलाइन प्रणालीमार्फत […]

पोर्चुगल — युरोपका विभिन्न देशमा बसोबास गर्ने याक्थुङ (लिम्बु) हरूको पहिलो पटक युरोप स्तरिय भेला पोर्चुगलको राजधानी लिस्बनमा गत २७ जुलाई २०२५ का दिन भव्यताका साथ सम्पन्न भएको छ । किरात याक्थुङ चुम्लुङ पोर्चुगलको आयोजनामा भएको उक्त भेलाले ३ बुँदे लिस्बन घोषणापत्र जारी गर्दै समुदायको हक, हित र पहिचानका लागि ऐक्यबद्धता जनाएको छ । भेलाले […]

लिस्बन, पोर्चुगल — युरोपको सबैभन्दा ठूलो बजेट एयरलाइन, रायनएयरले लिस्बन विमानस्थलमा व्याप्त “अराजकता” अन्त्य गर्न पोर्चुगिज सरकारलाई तत्काल हस्तक्षेप गर्न आग्रह गरेको छ । सीमा नियन्त्रणमा कर्मचारीको अभावका कारण सयौं यात्रुहरूले उडान छुटाएको र घण्टौंसम्म लाममा बस्नुपरेको भन्दै एयरलाइनले सरकारको ध्यानाकर्षण गराएको हो । यस विषयमा गरिएको गम्भीर अनुसन्धानले विमानस्थलमा बहुआयामिक समस्याहरू रहेको देखाएको छ […]