Home Login
नेपाली राजदूतावास लिस्बन

पोर्चुगलको फारोमा नेपाली दूतावासले घुम्ती शिविर सञ्चालन गर्ने

पोर्चुगल (लिस्बन) —  लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलको दक्षिणी अल्गार्भ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी फारो सहरमा विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । आगामी नोभेम्बर १ र २ तारिखमा सञ्चालन हुने यस शिविरमार्फत नेपाली राहदानी (पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजात प्रमाणीकरण जस्ता महत्त्वपूर्ण कन्सुलर सेवाहरू प्रदान गरिने दूतावासले जनाएको छ ।

राहदानीको म्याद सकिएका, राहदानी ‘फाल्ता’ (e-passport मा MFN वा LFN) आएका, वा राहदानीको म्याद ६ महिनाभन्दा कम बाँकी भएका अल्गार्भ क्षेत्रका नेपालीहरूलाई यस शिविरबाट लाभ लिन दूतावासले सूचित गरेको छ ।

शिविरको मिति, समय र स्थान

शिविर दुई दिन चल्नेछ, जसको विस्तृत विवरण निम्नानुसार छ :

मिति : १ नोभेम्बर २०२५ (शनिबार)
समय : दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेसम्म
मिति : २ नोभेम्बर २०२५ (आइतबार)
समय : बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म

स्थान : R. De Sao Pedro 31, 8000-256, Faro Portugal
सम्पर्क नम्बर (स्थानीय) : +351-965459362

अपोइन्टमेन्ट सम्बन्धी विशेष व्यवस्था

प्राविधिक कारणले शनिबारको लागि अनलाइन अपोइन्टमेन्ट खुला गर्न नसकिएकाले, दूतावासले आइतबारको लागि मात्र अपोइन्टमेन्ट खुला गरेको थियो । यसमा सेवाग्राहीको सहजताका लागि निम्न व्यवस्था मिलाइएको छ :

१.आइतबार (नोभेम्बर २) बिहान ९ बजेदेखि ११ बजेसम्म अपोइन्टमेन्ट लिनुभएका आवेदकहरूले शनिबार (नोभेम्बर १) दिउँसो १२ बजेदेखि साँझ ५ बजेभित्र शिविरमा उपस्थित भई सेवा लिन सक्नुहुनेछ ।

२.आइतबार (नोभेम्बर २) दिउँसो १२ बजेदेखि ५ बजेसम्म अपोइन्टमेन्ट लिनुभएका आवेदकहरूले आइतबार (नोभेम्बर २) बिहान ९ बजेदेखि नै शिविरमा उपस्थित भई सेवा लिन सक्नुहुनेछ ।

आवेदन प्रक्रिया र अनिवार्य पूर्वतयारी

घुम्ती शिविरबाट सेवा लिनका लागि सेवाग्राहीले अनिवार्य रूपमा केही प्रक्रियाहरू पूरा गर्नुपर्नेछ :

१. अनलाइन प्रि-इनरोलमेन्ट : राहदानी विभागको वेबसाइटमा गई ‘Passport Pre-Enrollement-Nepal’ लिङ्कबाट आफ्नो आवश्यकताअनुसार (Renewal, Replacement, Damaged, First Issuance) ‘Ordinary 34 Page’ छनोट गरी फारम भर्नुपर्नेछ ।

२. अपोइन्टमेन्ट : फारम भर्दा ‘Appointment country’ मा ‘Others’ र ‘Enrollment’ मा ‘NE Lisbon’ छनोट गरी उपलब्ध मिति र समय छनोट गर्नुपर्नेछ ।

३. अनिवार्य इमेल भेरिफिकेसन (डेडलाइन: ३१ अक्टोबर) :

प्रि-इनरोलमेन्टपछि प्राप्त हुने Barcode सहितको PDF फारम अनिवार्य रूपमा ३१ अक्टोबर २०२५ भित्र दूतावासको इमेल eonlisboa@gmail.com मा भेरिफिकेसनका लागि पठाउनुपर्नेछ । यो फारम इमेल नगर्नेले शिविरबाट सेवा लिन पाउने छैनन् ।

४. राजस्वको अग्रिम भुक्तानी : सेवाग्राहीले आफूले लिन चाहेको सेवा बापत लाग्ने शुल्क दूतावासको बैंक खातामा अग्रिम रूपमा जम्मा गर्नुपर्नेछ ।

बैंकको नाम : Millennium BCP Bank
खातावालाको नाम : Embaixada Nepal
खाता नम्बर (IBAN) : PT50003300000457853819505

शुल्क भुक्तानी गरेको प्रमाण (रसिद) पनि माथि उल्लेखित इमेल ठेगानामा पठाउनुपर्नेछ ।

आवश्यक कागजातहरू

शिविरमा आउँदा प्रि-इनरोलमेन्ट फारम र शुल्क तिरेको प्रमाणका साथै निम्न कागजातहरूको सक्कल र प्रतिलिपि साथमा ल्याउनुपर्नेछ :

राहदानी नवीकरणका लागि :

– नेपाली नागरिकता प्रमाणपत्र (पहिलो र दोस्रो पेज छुट्टाछुट्टै)
– पुरानो राहदानीको फोटो र व्यक्तिगत विवरण भएको पेज (पेज २ र ३) तथा पेज ३० र ३१ (छुट्टाछुट्टै)
– विवाह/सम्बन्ध विच्छेद/थर परिवर्तन भएमा सोको प्रमाणपत्र ।

पोर्चुगलमा जन्मेका बालबालिकाको (पहिलोपटक) :

– स्थानीय निकायबाट जारी जन्मदर्ता प्रमाणपत्र
– बाबु र आमाको नागरिकता र राहदानी (सक्कल र प्रतिलिपि)
– बाबु र आमाको विवाहदर्ता प्रमाणपत्र।
– (१६ वर्ष मुनिका हकमा नाबालक परिचयपत्र)

कागजात प्रमाणीकरणका लागि :

– प्रहरी चारित्रिक प्रमाणपत्र तथा अन्य पारिवारिक कागजातहरू अनिवार्य रूपमा नेपालको परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागबाट प्रमाणीकरण गरिएको हुनुपर्नेछ । – सक्कल प्रतिहरूमा मात्र प्रमाणीकरण गरिनेछ।

सेवा शुल्कको विवरण

नयाँ राहदानी/नवीकरण : १ सय २० युरो
हराएको/च्यातिएको/नष्ट भएको राहदानी : १ सय ८० युरो
१० वर्ष मुनिका बालबालिका : ६० युरो (हराएको हकमा ९० युरो)
पुलिस रिपोर्ट प्रमाणीकरण : १ सय युरो
पारिवारिक कागजात (प्रति कागजात) : ५० युरो
शैक्षिक प्रमाणीकरण (प्रति कागजात) : १५ युरो

थप जानकारी

दूतावासले एक महत्त्वपूर्ण सूचना जारी गर्दै हालका लागि फारो क्षेत्रमा रहनुभएका नेपालीहरूलाई मात्र उक्त शिविरमा आउन अनुरोध गरेको छ । पोर्चुगलका अन्य स्थानहरूमा पनि भविष्यमा यस्तै शिविर सञ्चालन गर्ने कार्यतालिका रहेको दूतावासले जनाएको छ । साथै, यस घुम्ती शिविरका लागि खोलिएको अपोइन्टमेन्टहरू अन्य दिन लिस्बनस्थित राजदूतावासबाट सेवा लिनका लागि मान्य नहुने स्पष्ट पारिएको छ ।

राहदानी तयार भएपछि दूतावासको फेसबुक पेज र वेबसाइटमार्फत जानकारी गराइनेछ । सेवा सम्बन्धी थप जानकारी आवश्यक परेमा दूतावासको इमेल eonlisboa@gmail.com वा फोन नम्बर २१३०११३०८ मा सम्पर्क गर्न सकिनेछ ।

Leave a Reply