पोर्चुगल — क्रिसमस र नयाँ वर्ष २०२६ को अवसर पारेर पोर्चुगलमा युरोप व्यापी फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । पोर्चुगलमा सक्रिय रहेको भिजन फुटबल क्लबले “प्रथम भिजन गोल्डकप २०२५” को आयोजना गर्न लागेको हो ।
आयोजक क्लबका अनुसार, यो ७-ए-साइड फुटबल प्रतियोगिता आउँदो डिसेम्बर २८, आइतबारका दिन लिस्बनस्थित ‘क्याम्पो क्लब फेरोविरियो डे पोर्चुगल’ को खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ ।
‘हिर बास्मती’को मुख्य प्रायोजनमा यस प्रतियोगिता खुला (ओपन) र भेट्रान (३५+ उमेर समूह) गरी दुई विधामा प्रतिस्पर्धा हुने भएको हो ।
प्रतियोगिताको मुख्य आकर्षण यसको पुरस्कार राशि रहेको छ । आयोजकका अनुसार दुवै विधाका विजेता, उपविजेता तथा सेमिफाइनलमा पुग्ने टोलीहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
ओपन ७ ए साइड तर्फ :
विजेता : ३ हजार ५ सय युरो (ट्रफी, मेडल र प्रमाणपत्र) दोस्रो स्थान : १ हजार ७ सय ५० युरो (ट्रफी, मेडल र प्रमाणपत्र)
सेमिफाइनलमा पुग्ने टोली : ३ सय युरो (ट्रफी, मेडल र प्रमाणपत्र)
भेट्रान ३५+ ७ ए साइड तर्फ :
विजेता : १ हजार ६ सय युरो (ट्रफी, मेडल र प्रमाणपत्र)
दोस्रो स्थान : ८ सय युरो (ट्रफी, मेडल र प्रमाणपत्र)
यसबाहेक, प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट डिफेन्डरलाई पनि विधागत पुरस्कार प्रदान गरिनेछ ।
टोली दर्ता र शुल्क
प्रतियोगितामा सहभागी हुन चाहने टोलीहरूका लागि दर्ता शुल्क तोकिएको छ ।
ओपन तर्फ : ३ सय ५० युरो + ५० युरो (कार्ड फिर्ता गर्न सकिने निक्षेप)
भेट्रान तर्फ : ३ सय युरो + ५० युरो (कार्ड फिर्ता गर्न सकिने निक्षेप)
यस प्रतियोगितालाई ‘दर्शन नेपाल’ र ‘ग्रिल एन चिल’ रेस्टुरेन्टले सहयोग गरेका छन् । भिजन फुटबल क्लबले युरोपमा रहनुभएका सम्पूर्ण फुटबल क्लबहरू, संघसंस्थाहरू, खेलाडी साथीहरू तथा खेलप्रेमी सबैलाई उक्त प्रतियोगितामा सहभागी भई यसलाई भव्य र सभ्य रूपले सफल पारिदिनुहुन अनुरोध समेत गरेको छ ।






