Home Login

काठमाडौं — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारालाई आइतबार पक्राउ गरेको हो। जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख […]

लिस्बन — पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ ।  केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ ।  आयोजक केबिए नेपालले उक्त टुर्नामेन्टका लागि हालै टिम […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलको आयोजनामा पोर्चुगलमा रहेका नेपालीहरुले तामाङ समुदायको साँस्कृतिक पर्व सोनाम ल्होछार –२८६१ भव्यताका साथ मनाएको छ । आइतबार सम्पन्न कार्यक्रममा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा म्हेन्दोमाया र सेलो गीत विशेष प्रस्तुति, नृत्य तथा अन्य सांगीतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिएको थियो। मनोरञ्जन दिनका […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गत आइतवार पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा आयोजित ल्होछार कार्यक्रमले तामाङ समुदायको संस्कृति, परम्परा र एकता प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए। कार्यक्रममा पोर्चुगलका विभिन्न […]

पोर्चुगल — तामाङ समाज पेगोइसले २८६१औं डुल ल्हो सर्प वर्ग सोनाम ल्होछार पेगोइस स्थित सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ।  ‘संसार भरिका तामाङ एक हौं, आफ्नो भाषा ,धर्म र सस्कृतीलाई जोगाऔं’ भन्ने मूल नाराका साथ आयोजित ल्होछार कार्यक्रम काजि तामाङको अध्यक्षतामा भएको हो। तामाङ बुद्धिजीवी रेशमलाल तामाङको प्रमुख तथा युवा ब्यवसायी तथा समाजसेवी प्रकाश जिसीको […]

सुमन अधिकारी । मदेईरा — युरोपेली मुलुक पोर्चुगल स्थित मदेईरा टापुमा रहेका तामाङ परीवारद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। मंगलबार सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिमा राप्रपा नेपालको संस्थापक राष्ट्रिय अध्यक्ष आईतराम तामाङ रहेका थिए भने विशेष अतिथि लामा गुरु निमा लामा रहेका थिए । आयोजक तथा व्यबस्थापक […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलको सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका लागि चर्चित गायक मिलन लामा आज शनिवार पोर्चुगल आइपुगेका छन्। गायक लामा तामाङ समाज पोर्चुगलले `मञ्जुश्री संवत २८६१, डुल सा पुख्री ल्हो´को विशेष अवसर पारेर गर्न लागिएको ल्होछार विशेष कार्यक्रममा लागि गायक लामा  पोर्चुगल आइपुगेका हुन्। राजधानी लिस्बनको अन्तर्राष्ट्रिय विमानस्थलमा चर्चित गायक मिलन लामालाई स्वागत गर्नको […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष इमान सिंह तामाङ लगायत कार्यसमितिमा रहेका सबैले बिहीबार मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन्। नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष लगायत कार्यसमितिमा रहेका सबैले युरोपाटीलाई बताए अनुसार, मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको पोर्चुगल लगायत विश्वभरि छरेर बसेका तामाङ तथा गैर तामाङहरूलाई शुभकामना […]

पोर्चुगल— मन्जुश्री सम्वत् २८६१  सोनाम ल्होछार डुल ल्होको अवसरमा तामाङ समाज पोर्चुगलले अल्कसर पोर्चुगलस्थित थुप्तेन गेफेल लिङ गुम्बा र स्तुपा टासी गोमाङ्मा घुथोर ग्यापसे पुजा,दर्ज्यु लुङ्दर टाङी सम्पूर्ण प्राणी जगतको कल्याण एवं दिर्घायूको कामना सहित खेम्पो लामा गुरुहरुले डुक ल्हो लाई बिदाई र डुल ल्हो आरम्भको पूजा सम्पन्न गरेको छ । तामाङ समाज पोर्चुगलका अध्यक्ष […]

पोर्चुगल— गत मंगलबार २१ तारिख इंट्रा फाउंडेशनले आयोजना गरेको मिट एंड ग्रिट कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ। युरोप संयोजक देवी गरबुजा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, कार्यक्रम सञ्चालन ब्यबस्थापन समितिका संयोजक दिपेश बिस्टले गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका युरोप शाखा अध्यक्ष पूर्ण अर्याल, सल्लाहकार अर्जुन सुनामको पनि […]