लिस्बन — कागजात प्रमाणित गर्ने सम्बन्धमा राजदूतावास लिस्वानले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरेको छ ।
१६ अप्रिल २०२५ देखि राजदूतावास लिस्वानमा कन्सुलर सेवा सुचारु भइ सोमबार २१ अप्रिल सम्म करिब ९०० भन्दा बढी सेवाग्राहीहरुले राजदूतावासबाट सेवा लिइसकेको सूचनामा उल्लेख छ।
सेवा लिने सेवाग्राहीहरु मध्यरातदेखि नै राजदूतावास वाहिर ठूलो भिड लाग्ने गरेको, अत्याधिक होहल्ला तथा बाधा पुगेको लगायतका कारण असहज अवस्था उत्पन्न भएकाले आगामी दिनमा कन्सुलर सेवालाई सहज, सरल एवं नियमित बनाउनको लागि अपोइनमेन्ट सिस्टम लागू गरेको बताइएको छ।
सूचनामा उल्लेख भएअनुसार, २१ अप्रिल २०२५ मा नाम टिपाएका सेवाग्राहीहरुमध्ये मंगलबार अर्थात २२ अप्रिल २०२५ का दिन जम्मा २ सय जना सेवाग्राहीहरुको मात्र कागजात प्रमाणिकरणको काम हुने भएको हो । उक्त लिष्टमा भएका ५ सय नम्बर सम्म नाम टिपाएका सेवाग्राहीहरु मात्र सेवा लिन आउन दूतावासले आग्रह गरेको छ । सो २ सय जना सेवाग्राहीहरु पनि विहानको ९ वजे मात्र राजदूतावास आउनको लागि आग्रह गरेको हो, त्यस्तै लिष्टमा भएको सिरियल नम्बर अनुसार सेवा पाउने भएको हुँदा छिटो आउन आवश्यक नभएको बताएको हो ।
२३ अप्रिल २०२५ देखि अनिवार्य रुपमा अपोन्टमेन्ट सिस्टम लागू हुने भएको हुँदा हरेक दिन अपोन्टमेन्ट लिएर मात्र सेवा प्राप्त हुने भएकोले अन्य सेवाग्राहीहरुलाई राजदूतावासबाट सेवा उपलव्ध नगराइने भएको हो ।
अपोइन्टमेन्ट लिंदा समेत यस अघि प्रकाशित सूचनामा उल्लेख भएबमोजिम फाल्ताको मितिलाई प्राथमिकता दिइने भएकोले फिङ्गर हुने डेटको ३ दिन भित्र फाल्ता बुझाउनु पर्ने सेवाग्राहीहरुले मात्र अपोइन्टमेन्ट लिने, त्यस वाहेकका सेवाग्राहीहरुले अपोन्टमेन्ट लिएको भएता पनि राजदूतावासबाट सेवा नपाउने समेत भएको हो, ‘दूतावासले भनो ।
मंगलबार अर्थात २२ अप्रिलका दिन सोमबार नाम टिपाएका वाहेक अन्य सेवाग्राहीलाई सेवा नदिइने भएको भएको हो ।
त्यस्तै सेवाग्राही वाहेक अन्य असम्बन्धित व्यक्तिहरु राजदूतावास नआउने, सम्बन्धित सेवाग्राही स्वयं उपस्थित हुनुपर्ने मधेईरा र अजोरेसमा बसोबास गर्ने सेवाग्राहीहरुका लागि सम्बन्धित सरकारी निकायबाट जारी भएको ठेगाना (Address Proof) र लिखित मञ्जुरीनामा लिएर सेवा उपलव्ध गराउन सकिने समेत भएको हो, यसमा एजेन्सीहरुलाई मञ्जुरीनामा दिएर कागजात प्रमाणित नहुने समेत
अलकान्त्राबाट पुराना pending कागजातहरु प्रमाणित नभएसम्म नयाँ कागजातहरुलाई प्रमाणित नगर्ने भन्ने बुझिएको हुँदा फाल्ता बुझाउने मिति कटिसके पनि हतार गर्नु नपर्ने, पोर्चुगलस्थित परराष्ट्र मन्त्रालयसँग छलफल भैरहेको र छिट्टै कागजात प्रमाणिकरण गर्न अनुरोध गरिएको हुँदा धैर्यतापूर्वक प्रतिक्षा गर्न दूतावासले अनुरोध गरेको छ ।
१६ र १७ अप्रिल २०२५ मा कागजात प्रमाणिकरण गर्ने कर्मचारीको हस्ताक्षर र पद मात्रको छाप हानिएकोमा, सम्बन्धित निकायसमक्ष उक्त कागजातहरुलाई तहाँबाट समेत प्रमाणिकरण गरिदिन अनुरोध गरिसकिएको हुँदा, राजदूतावासबाट अर्को छाप हान्नको लागि दूतावास आउन नपर्ने भएको हो ।
त्यस्तै, राजदूतावासमा सेवा लिन आउँदा मदिरापान नगर्ने, होहल्ला नगर्ने तथा जथाभावी फोहर नफालिदिनु समेत दुताबासले आग्रह गरेको छ ।
अपोइन्टमेन्ट लिनका लागि लिंकमा गई आफुलाई उपयुक्त मिति र समय छनौट गरी तोकिएको समयमा मात्र राजदूतावास आउन सकिने भएको छ ।
लिंकहरु : पहिलो लिङ्क / दोस्रो लिङ्क