पुस्तक रेग्मी —
पोर्चुगल । नेपालमा फागुन २९ बाट प्रदर्शनमा आएको चलचित्र ‘एन्जिला’ युरोपेली मुलुक पोर्चुगलमा समेत प्रदर्शन हुने भएको छ । चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २० आइतबार र २१ सोमबार प्रदर्शन हुने भएको हो ।
उक्त चलचित्रलाई पोर्चुगलमा नेल्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको नेल्स इन्टरटेन्मेन्टका सञ्चालक समिर गुरुङले जानकारी दिए ।
चलचित्र आइतबार २० तारिख बेलुकी ९ : १५ बजेको शोमा प्रदर्शन हुने भएको हो । त्यस्तै २१ तारिख सोमबार बिहान ११ : १५ बजेबाट प्रदर्शन हुने भएको हो ।
‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शन, खेलकुद तथा सांगीतिक कार्यक्रमहरु गर्दै आएको छ ।
उक्त चलचित्रको टिकट १५ युरो रहेको छ भने टिकटको लागिको लिङ्कमा क्लिक गरेर लिन सकिने वा दिएको सम्पर्क नम्बरमा +९३२६७१७११ / +३५१ – ९२०२४५१९२ सम्पर्क गरी टिकट टिकट लिने व्यवस्था रहेको छ ।
चलचित्र प्रमोसनको लागि महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार पोर्चुगल आउने भएकी छिन् । एन्जिला हाल ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छिन् । उनी त्यहाँको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन् ।
नेल्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको अनुसार, अप्रिल २० आइतबार र २१ सोमबार प्रदर्शन हुने चलचित्र एन्जिला तुम्बापो सुब्बाको साथमा बसेर दर्शकहरूले चलचित्र हेर्ने भएका हुन् ।
यो चलचित्र नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन् ।
चलचित्रमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

Leave a Reply