Home Login

लिस्बन (पोर्चुगल) — पोर्चुगलको राजधानी लिस्बन, जहाँ युरोपका विभिन्न संस्कृतिहरूको संगम हुन्छ, त्यहीँको ऐतिहासिक रोसियो क्षेत्रमा गए राति अभूतपूर्व उत्साहका साथ नयाँ वर्ष २०२६ को स्वागत गरिएको छ । सन् २०२५ को अन्तिम साँझ अर्थात् डिसेम्बर ३१ तारिखको घडीमा बेलुकी ९ बजे नबज्दै रोसियो स्क्वायर मानिसहरूको बाक्लो उपस्थितिले भरिभराउ भइसकेको थियो । लिस्बन महानगरपालिकाले विशेष […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको राजधानी लिस्बनले सन् २०२६ को स्वागत गर्नका लागि भव्य तयारी पूरा गरेको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा हुने विशेष उत्सवलाई मध्यनजर गर्दै शहरको यातायात प्रणाली र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर तथा सुदृढीकरण गरिएको छ । विशेष गरी टेरेइरो डो पाकोमा आयोजना हुने मुख्य समारोहलाई लक्षित गर्दै क्यारिस, ट्रान्सटेजो र सीपीले आफ्नो […]

लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलको साओ टिओटोनियो क्षेत्र अन्तर्गत पर्ने काभलेइरोमा बसोबास गर्दै आएका एक नेपाली युवाको दुखद निधन भएको छ । विगत केही समयदेखि सो क्षेत्रमा बस्दै आएका प्रशान्त ज्ञवाली नाम गरेका नेपाली युवाको शव करिब ७ देखि ८ दिन अघि मृत अवस्थामा फेला परेको हो । मृतक ज्ञवाली नेपालमा दाङ जिल्लाको राप्ती […]

लिस्बन (पोर्चुगल) —  पोर्चुगलको अर्थतन्त्रले चालु वर्ष २०२५ को पहिलो नौ महिनामा उत्साहजनक वित्तीय अनुशासन देखाएको छ । सार्वजनिक प्रशासन क्षेत्रले यस वर्षको जनवरीदेखि सेप्टेम्बरसम्मको अवधिमा कुल गार्हस्थ्य उत्पादन (GDP) को २.१ प्रतिशत बराबरको बजेट अधिशेष कायम गर्न सफल भएको छ । राष्ट्रिय तथ्याङ्क संस्थान (INE) द्वारा हालै सार्वजनिक गरिएको तथ्याङ्क अनुसार, २०२५ को पहिलो […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायलाई सहज र सुलभ सेवा प्रदान गर्ने उद्देश्यले नेपाली राजदूतावास, लिस्बनले पोर्चुगलको दोस्रो ठूलो सहर पोर्टोमा ‘घुम्ती पासपोर्ट शिविर’ सञ्चालन गर्ने भएको छ । राजधानी लिस्बनबाट टाढा रहेका नेपालीहरूको समय र खर्च बचत गराउँदै घरदैलोमै सेवा पुर्‍याउने अभिप्रायले दूतावासले यो विशेष शिविरको आयोजना गर्न लागेको हो । दूतावासले […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा सार्वजनिक बिदाको घोषणा गर्दै सम्पूर्ण नेपाली समुदायमा शुभकामना व्यक्त गरेको छ । दूतावासले मंगलबार एक सूचना जारी गर्दै बिदा र शुभकामना सन्देश प्रवाह गरेको हो । जारी गरिएको सूचनामा सन् २०२५ को क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२६ […]

लिस्बन (पोर्चुगल) — संयुक्त राष्ट्रसंघको घोषणालाई आत्मसाथ गर्दै पोर्चुगलस्थित नेपाली राजदूतावासले दोस्रो ‘विश्व ध्यान दिवस’ मनाएको छ । ‘विश्व शान्ति र सद्भावनाका लागि ध्यान’ भन्ने मूल नाराका साथ आज (डिसेम्बर २१) दूतावासको सभाहलमा विशेष ध्यान शिविरको आयोजना गरी यो दिवस मनाइएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई मानव स्वास्थ्यका लागि एक पूरक र […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आवास र बसोबासको सङ्कट गहिरिँदै गएको छ । राष्ट्रिय स्तरमा गरिएको पछिल्लो सर्वेक्षण अनुसार, देशमा घरबारविहीन मानिसहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । सन् २०२४ को डिसेम्बर ३१ सम्मको तथ्याङ्क अनुसार, पोर्चुगलमा घरबारविहीनहरूको कुल सङ्ख्या १४,४७६ पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा १,३४८ ले बढी हो, जसले सामाजिक […]

लिस्बन (पोर्चुगल)  — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) नवीकरण तथा नयाँ आवेदनका लागि अनलाइन बुकिङ खुला गरेको छ । राजदूतावासले आज एक सूचना जारी गर्दै राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम समय बाँकी रहेका सेवाग्राहीहरूलाई लक्षित गरी आवेदन खुलाएको जानकारी दिएको हो । राजदूतावासका अनुसार आगामी डिसेम्बर २६, २०२५ देखि ३० […]

लिस्बन —  पोर्चुगल सरकारले कामदारहरूको न्यूनतम पारिश्रमिकमा थप वृद्धि गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सन् २०२६ का लागि राष्ट्रिय न्यूनतम तलबमा ५० युरोले वृद्धि गर्ने औपचारिक निर्णय गरेको हो। यो निर्णय कार्यान्वयनमा आएपछि सन् २०२६ मा न्यूनतम तलब ८७० युरोबाट बढेर ९२० युरो (ग्रस) पुग्नेछ । यो महत्वपूर्ण घोषणा राष्ट्रपतिको कार्यालयका […]