Home Login

डेनमार्क — डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले आफ्नो ओहोदाको प्रमाणपत्र राजालाई बुझाएकी छिन् । डेनमार्कका राजा फ्रेरिक आन्द्रे हेनरिक कृस्चियनलाई तुलाधरले मंगलवार प्रमाणपत्र बुझाएकी हुन् । कृस्चियन्सबोर्ग दरबार कोपनहेगनमा ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएकी थिइन भने राजाले सन २०१५ मा भूकम्पपछिको नेपाल भ्रमण स्मरण गरेको राजदूतावासले जानकारी दिएको छ […]

स्पेन अशिम, लोप्चन । गायक यम बराल यतिबेला स्पेनको कोस्टाब्लांका क्षेत्रमा नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा हुने ‘नयाँ वर्ष शुभकामना धमाका’ सांगीतिक कार्यक्रममा भाग लिन आएका छन्। यसअघि, ७ तारिख सोमबार पोर्चुगलको लिस्बनको प्रतिष्ठित ‘रिपब्लिका दा म्यूजिका’ कन्सर्टमा नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेपछि, अब उनले कोस्टाब्लाङ्का क्षेत्रभरि छरिएर बसोबास गरिरहेका नेपालिहरूसँग सांगीतिक […]

बार्सिलोना — नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र प्ला कमुनीतारीया (सांस्कृतिक विभाग) को सहकार्यमा आयोजित नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ । विश्वकै चर्चित पर्यटकीय गन्तव्य स्पेनको साग्रदा फामीलीया अगाडि नेपाली झण्डा फराफराउँदै नेपालीहरु दौरा सुरूवाल, ढाका टोपी, भादगाउँले टोपी लगाएर छम छम नाचेका थिए । कार्यक्रममा नौमति पञ्चैबाजाको […]

(चलचित्र पिताम्बर माल्टामा अप्रिल १८ र १९ मा प्रदर्शन हुदै, युरोपको अरु देशहरूमा प्रदर्शन गर्न चाहनेहरूले माल्टामा रहेको मगवर्ट प्रोडक्सनलाई सम्पर्क गर्न आग्रह) माल्टा — नेपालमा चैत्र २९ (अप्रिल ११) शुक्रबार देखि प्रदर्शनमा आउन लागेको चलचित्र पिताम्बर युरोपेली मुलुक माल्टामा अप्रिल १८ र १९ मा प्रदर्शन हुने भएको छ । माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन गर्न […]

पोर्चुगल — ढुक्क इभेन्ट र स्पोर्ट्स भिजन एफसीको संयुक्त आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुति दिन गायक यम बराल आइतबार पोर्चुगल आइपुग्नुभएको छ । सोमबार ७ तारिख राजधानी लिस्बनको  “रिपब्लिका दा म्यूजिका” मा हुने विशेष कन्सर्टका लागि गायक यम बराल आइतबार पोर्चुगल आएका हुन् । गायक बराल सँगै पछिल्लो समयको चर्चित नेपाली र्‍यापर नोबल बस्नेत (जेम्सी) […]

माल्टा — नेपालमा पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने हेतुले युरोपेली मुलुक माल्टामा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाको आयोजनामा नेपाली ‘नयाँ वर्ष २०८२’ मनाउने भएको छ । नेपालको राष्ट्रिय झन्डा फरफराउँदै, नेपालीको पहिचान झल्काउने राष्ट्रिय पोसाक लगाएर मौलिक पहिरन र पहिचानका साथ माल्टाको राजधानी भेलेटामा नेपाली नयाँ वर्ष २०८२ मनाउने भएको हो। वैशाख १ […]

बेल्जियम — बेल्जियम स्थित नेपाली वैचारिक संस्थाहरूको संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक भएको छ। नेपाली जनप्रगतिशील मञ्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुवास गुरुङ, नेपाली एकता समाज बेल्जियमका अध्यक्ष बलकृष्ण कडेल र नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमको अध्यक्ष मेख गुरुङहरूको हस्ताक्षरमा संयुक्त विज्ञप्ति सार्वजनिक भएको छ। नेपालको वर्तमान तरल राजनीतिक अवस्थाप्रति बेल्जियम स्थित […]

अशिम लोप्चन । राजदुतबास जर्मनी स्थित रहेका बर्लिन नेपाली राजदुतबासका उपप्रमुख सागरप्रसाद फुयालको नेतृत्वमामा र राहदानी बिभाग काठमन्डौंको संयोजनमा  रोमानियामा राहदानी नबिकरणका लागि घुम्ती सेवा शिबिर सम्पन्न भएको छ। बर्लिन राजदुतबासबाट प्रेम भण्डारी र राहदानी बिभाग काठमन्डौबाट सुबास थापा र राजकुमार सेवाको लागि खटिएका थिए । उक्त शिबिर द अदिति किचेन सेक्टर ४ मा २०२५ […]

पोर्चुगल (लिस्बन) । शनिबार मार्च २९ र आइतबार मार्च ३० तारिख वितरण गर्ने भनेको कागजपत्र लगायत राहदानीहरु छुटपुट भएका बाँकी कागजपत्र लगायत राहदानीहरु मार्च ३१ तारिख सोमबार बितरण नगर्ने भएको छ । नेपाली राजदूतावास लिस्बनले सामाजिक सञ्जाल फेसबुक पेजमा सूचना सार्वजनिक गर्दै जानकारी दिएको हो। नेपाली राजदूतावास पेरिसबाट प्रमाणित भई नेपाली राजदूतावास लिस्बनमा प्राप्त प्रहरी […]

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा कडा निन्दा (विज्ञप्ति सहित) काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति नेपाल पत्रकार महासंघ युरोप शाखाले गम्भीर ध्यानाकर्षण सहित अध्यक्ष केजिन राईको हस्ताक्षरमा प्रेस विज्ञप्ति सार्वजनिक गरेको […]