

पछिल्लो समयको युवा पुस्ताहरूको चर्चित र्यापर चिराग सिंह खड्का उर्फ ५:५५ शुक्रबार पोर्चुगल आइपुगेका छन् । उनी अप्रिल १३ आइतबार हुने सांगीतिक कार्यक्रमका लागि पोर्चुगल आएका हुन् ।
एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्स र पाण्डव इभेन्टको संयुक्त आयोजनामा तयार भएको युरोप टुर कार्यक्रमको लागि उनी शुक्रबार पोर्चुगल आइपुगेका हुन् । युरोप टुर अन्तर्गत उनको पोर्चुगलमा सांगीतिक कार्यक्रम अप्रिल १३ तारिख आइतबार हुने भएको हो।
चर्चित र्यापर चिराग सिंह खड्का उर्फ ५:५५ को युरोप टुर कार्यक्रम अन्तर्गत जर्मनीको ह्याम्बर्गमा अप्रिल ५ तारिख पहिलो कार्यक्रम सम्पन्न भएको छ । उनी शुक्रबार जर्मनीबाट कार्यक्रमका लागि पोर्चुगल आएका हुन् ।
उनको युरोप टुर अन्तर्गत अप्रिल १३ तारिख लिस्बन पोर्चुगल, अप्रिल १५ बार्सिलोना स्पेन, अप्रिल १९ वारसा पोल्याण्ड, अप्रिल २१ लिमासोल साइप्रसमा कार्यक्रम रहेको छ ।
शुक्रबार पोर्चुगल आइपुगेका चिराग खड्कालाई स्वागत गर्नको लागि पोर्चुगलको राजधानी लिस्बन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजक आइ पपर्सका टिम लगायत उपस्थित भएका थिए ।
नेपाली ‘नयाँ वर्ष २०८२’ लाई मध्यनजर गर्दै अप्रिल १३ तारिख आइतबार राजधानी लिस्बनमा रहेको Lisboa Ao Vivo मा चर्चित र्यापर चिराग खड्का खड्का उर्फ ५:५५ को लाइभ कन्सर्ट हुने भएको हो ।
रोजगारी तथा अध्ययनको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुलाई सांगीतिक मनोरन्जन दिनका साथै सांगीतिक क्षेत्रको विकासका लागि आइ पपर्सले विगतका दिनहरूमा पनि इभेन्ट तथा कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आइरहेको छ।
देश तथा विदेशमा सांगीतिक प्रस्तुती दिँदै लोकप्रिय कमाएका चर्चित र्यापर चिराग खड्का पोर्चुगलमा आफ्नो लोकप्रिय भएका गीतहरू गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिने भएका छन् ।
बुडी, बुडी २, समझिरख्नु, गति, खत्रा बर्ज, समाधि, भुमरी, रोली, सहि सहि, कैले हो कैले, ओम नमः शिवाय, आगो को झिलको जस्ता उनको चर्चित र्याप गीतहरु हुन् ।
उक्त कार्यक्रमको लागि आयोजकले २० युरो टिकटको समेत व्यवस्था गरेको छ । टिकटको लागि तल दिएको लिङ्कमा क्लिक गरी टिकट लिनको लागि समेत आयोजकले आग्रह गरेको छ ।