पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने

पोर्चुगल । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ । यसमा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्रीथापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । सिनेमामा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । सिनेमाको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।    

थप जानकारी...

पोर्चुगलबाट गायक रोशन लामाको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

लिस्बन । नेपाली गीत संगीत स्वदेशमा मात्र नभाई विदेशीमा पनि चर्चा परिचर्चा हुदै आएको छ । पोर्चुगलमा पनि एक हप्ता अगाडि मात्र गायक रोशन लामाको शब्द संगीत र आवाजमा रहेको गीतको  म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भिडियोलाई पोर्चुगलको राजधानी लिस्बनमा सुटिङ गरेको छ । गीतको म्युजिक भिडियोलाई अभिरल श्रेष्ठ (अविग्राफी)ले छायांकन तथा निर्देशन र पोस्ट–प्रोडक्शन समेत गरेका छन् । र श्रेष्ठलाई सविन गुरुङले साथ तथा सहयोगी दिएका छन् । गीतको म्युजिक भिडियोमा दिक्षा थापा ,पासाङ (जेली) र रोशन लामाले अभिनय गरेका छन् । सुरुमा एक माया गर्ने  जोडीलाई भिडियोमा देख्न सकिन्छ । र अन्तिममा माया गर्ने जोडीको साथ छुटेको हामीले यस भिडियोमा देख्न सकिन्छ । यस भिडियो गायक रोशन लामाको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । फेरि पनि गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला।

थप जानकारी...