Home Login
पोर्चुगल

गायक प्रकाश दुतराज पोर्चुगलमा

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ गर्दै गायक प्रकाश दुतराज हिजो पोर्चुगल आइपुगेका छन्)

गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझका तथा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रमका लागि गायक दुतराज हिजो पोर्चुगल आएका हुन्।

म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले यहि सेप्टेम्बर १५ तारिख आईतबार जम्बुजिरा दु मारमा र सेप्टेम्बर २२ तारिख आईतबार राधा कृष्ण मन्दिर लिस्बनमा मोना साँस्कृतिक साँझ हुने भएको हो।

आयोजक मोना पोर्चुगलले हिजो राजधानी लिस्बनमा रहेको लिस्बनको एयरपोर्टमा गायक दूतराजलाई स्वागत गरेका थिए।

लोकप्रिय गायक प्रकाश दुतराजको रिमै,देउरालिमा धजा,घर कता हो बैनिको,बैनि झ्यालैमा,जाम भो माईलि,चोलि मैलो भो,जुन माया,डाडै काटेर जस्ता निकै चर्चित गीतहरुको साथमा मोना साँस्कृतिक साँझ हुने आयोजकले बताए ।

उक्त कार्यक्रमको लागि आयोजकले टिकटको समेत व्यवस्था रहेको र टिकट शुल्क लिस्बनको लागि १५ युरो र जम्बुजिरा दु मारको लागि १० युरो रहेको आयोजक मोना पोर्चुगलका अध्यक्ष नर फगामी मगरले बताए।

Leave a Reply