अब हाँस्छ युरोप कार्यक्रम पोर्चुगलमा पनि

युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् ।

३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको छ।

मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सले संयुक्त रुपमा यस कार्यक्रमको आयोजना गरेका हुन्।

यस कार्यक्रमका लागि पोर्चुगलमा भने सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सको संयुक्त रुपमा यस कार्यक्रमको आयोजना गरेका गरेका हुन् ।

नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सले पोर्चुगलमा विभिन्न नेपाली चलचित्र प्रदर्शनि र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।

उक्त कार्यक्रमको लागि आयोजकले टिकटको समेत व्यवस्था गरेको छ। टिकेट आयोजकले दुईटा श्रेणीमा छुट्याएको छ।पहिलो श्रेणीको टिकटको लागि २५ युरो रहेको छ भने दोस्रो श्रेणीको टिकटको लागि १५ युरो मात्र रहेको छ।

पोर्चुगलको राजधानी लिस्बन स्थित लिस्बोअ अओ भिवोमा उक्त कार्यक्रम हुने भएको हो।

‘अब हाँस्छ युरोप’ कार्यक्रम सकिएपछि लाइभ डिजे समेत रहेको आयोजकले बताए। रातिको १० बजेबाट सुरु हुने कार्यक्रमको टिकटको लागि हाम्रो इभेन्ट डट.कम www.hamroevents.com मा गएर लिन सक्नुहुनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *