जनप्रगतिशील मंचद्वारा बिरामी गोमालाई आर्थिक सहयोग

कलेजो सम्बन्धी गम्भीर बिरामी भएकी क्रोएसियाकी नेपाली चेली गोमा पुन मगरलाई नेकपा माओवादी केन्द्र निकट वैचारिक सम्बन्ध राख्ने नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाले ४ सय ४० युरो आर्थिक सहयोग गरेको छ। मंच क्रोएसियाका अध्यक्ष लोव्साङ्ग लामा, महासचिव सुरेन्द्र तामाङ्ग र सल्लाहकार राजेन्द्र रोस्याराको टिम बिरामी मगरको डेरामा पुगेर नगद सहयोग गरेको हो ।

नेपालबाट युरोपेली देश क्रोएसिया रोजगारीका लागि आएकी मगरलाई स्थानिय हस्पिटलले कलेजोमा गम्भिर समस्य देखेपछि उनको सर्जरी समेत गर्न परेको थियो।

सहकर्मी जसमान दर्नाल जिवनले बताए अनुसार बिरामी मगर कार्यरत कम्पनीले उनको स्वास्थ बिमा रद्द गरेका कारण उनी गम्भिर  आर्थिक अभावले पिल्सिएकी थिइन ।

मगरको सर्जरी बिल नौ हजार दुई सय ७२ थमाए पनि उनी झन तनावग्रस्त थिइन्।।नगद सहयोग बिरामी मगरलाई हस्तान्तरण गर्दै मन्च क्रोएसियाका अध्यक्षले भने-अस्पतालको बिल तिर्न बिरामी मगरलाई गार्‍हो भएपछि हामीले आर्थिक सहयोगको गरेको हो,जन प्रगतिशील मंच अध्यक्ष लामाले भने,`क्रोएसिया लगायत अन्य देशमा रहेका संघसंस्थाले पनि उहाँलाई सहयोग गर्नुहोस् ।

मंचका अध्यक्ष लामाका अनुसार आफ्नो संगठन स्थापनाको  उद्देश्य नै प्रवासमा रहेका कोहि नेपाली समस्यामा परे उद्दार तथा राहात सहयोग गर्ने उद्देश्य रहेको हुनाले मंचका सदस्यहरुले स्व स्फुर्त रकम जम्मा गरेको हुनाले आफुले सहयोग हस्तान्तरण गर्न सम्भव भएको हो।

अध्यक्ष लामाले आगामी दिनमा समेत आफू र आफ्नो मंचले समस्यामा रहेका परेका र पारिएका नेपालीलाई हर तरहले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे।

त्यसैगरी बिरामी मगरलाई तामाङ समाज क्रोएसियाले पनि दुई  सय पाँच युरो नगद सहयोग गरेको छ। त्यस्तै बिरामी मगरलाई अन्य संघसंस्था लगायत व्यक्तिले पनि सहयोग गरिरहेको उनले बताएकी छन्।

बिरामी मगर नवलपुर जिल्लाकी हुन्। उनी क्रोएसिया आएको केही समयमै बिरामी भएकी हुन्। बिरामी गोमा मगर उपचार सहयोग समिति क्रोएसिया संयोजक अर्जुन मोक्तानका अनुसार आधाभन्दा धेरै खर्च सहयोग प्राप्त भएको छ भने  क्रोएसिया स्थित विभिन्न ब्याक्ती तथा सस्थाबाट सहयोग आउने क्रम जारी रहेको छ।

  •  जसमान दर्नाल जिवन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *