एनआरएनएका अध्यक्ष डा.केसी अस्ट्रेलिया जाँदै

गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलिया (पर्थ)ले नेपाली कला संस्कृति झल्काउनका लागि आगामी सेप्टेम्बर १४ तारिख शनिवार आयोजना गरेको नेपाल फेस्टिवलमा एनआरएनएका अध्यक्ष डा. केसी यसै साता अष्ट्रेलिया जान लागेका हुन् ।

डा. केसी सहित पदाधिकारीहरु पनि सहभागी हुने भएका हुन् । एनआरएनएले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई हौसला प्रदान गर्दै एनआरएनए आइसीसीको सक्रिय सहभागिताका लागि उनीहरु पर्थ जाने भएका हुन् ।

एनआरएनएका अध्यक्ष डा.बद्री केसी, महिला उपाध्यक्ष रोजिना प्रधान राई र महिला सचिव टिका गुरुङले नेपाल फेस्टिवलमा जानका लागि तयारी रहेको आयोजक एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा वेस्टर्न अष्ट्रेलियाका संयोजक शेखर घिमिरेले बताए।

नेपाल फेस्टिवलको सम्पुर्ण तयारी समेत पुरा भइसकेको र पाहुनालाई स्वागतका लागि आतुर रहेको आयोजकले युरोपाटीलाई बताए।

अष्ट्रेलियाका नै विभिन्न राज्यमा रहेका एनआरएनए आइसीसी पदाधिकारी तथा एनसीसीका पदाधिकारी पनि पर्थमा आउने जानकारी प्राप्त भएको आयोजकको भनाई छ।

एनआरएनएले नै आयोजना गरेको नेपालबाहिर नेपाल चिनाउने कार्यक्रममा धेरैभन्दा धेरैको सहभागिताका लागि अध्यक्ष डा.बद्री केसीले आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *