मोना क्रोएसियाको प्रथम वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न

(मोना क्रोएसियाले मनायो आफ्नो वार्षिकउत्सव : गायक प्रकाश दुतराजले तताए क्रोएसिया)

  • जसमान् दर्नाल जिवन

म्याग्दी जिल्ला वासिले स्थपना गरेको स्थापित सस्था “म्याग्दी प्रवासी नेपाली संघ राष्‍ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले आफ्नो प्रथम वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा चर्चित लोक गायक प्रकाश दुतराज मोना क्रोसियाको निमन्त्रणामा सांगीतिक कोशली सहित सहभागी हुन क्रोएसिया आएका गायक दुतराजले हल भरी उपस्थित नेपालीहरुलाई मनोरञ्जन गराएका थिए।

सालेजो…रिमै….पन्चेबाजा लगायतका एक दर्जन गीतहरु उनले गाएका थिए ।एक घण्टा १७ मिनेट निरन्तर आफ्नो प्रस्तुति दिएका गायक दुतराज सग पुरै हल नाचेको रमणिय दृश्यहरुले मन लोभ्याएको थियो।

कार्यक्रमलाई अझै रोचक थपेका थिए कार्यक्रम प्रस्तुता जसमान् दर्नाल जिवनले भने स्थानिय कलाकारहरु सपना जुग्जाली,काजल गुरुङ,निरु परियार,शर्मिला सेवा,निरु पुन,उमा आले, अन्जु फगामि , देविन गर्बुजा लगाएतले बेजोड ,गीत तथा नृत्य प्रस्तुत गरेका थिए।सांगीतिक साँझमा क्रोएसियामा रहेका नेपालीहरूलाई मोना क्रोसियाले तिजको दर समेत खुवाएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मोनाका सदस्य तथा नेपाली ब्याबसायी मानसिंह धामीले प्रवासमा पनि नेपालकै झल्को आउने खालको महसुस भएको बताए।उनले मोनाको प्रथम वार्षिकोत्सब र तीज सव्य र भव्य रूपमा सम्पन्न गरेकोमा धन्यवाद समेत दिए।

                               कार्यक्रमका बिशेष अतिथि एनआरएनए क्रोएसियाका महासचिव हरि घिमिरेले वार्षिकोत्सबसँगै नेपालदेखि युरोपको सांगीतिक यात्रामा निस्केका गायक दुतराजलाई ल्याएर तीज कार्यक्रम गरेकोमा मोना क्रोएसियालाई धन्यवाद व्यक्त गरे।

कार्यक्रम संचालनका लागि हलको ब्याबस्था गरिदिएको गैर-आवासिय नेपाली संघ क्रोएसियाका महासचिव घिमिरेले आगामी दिनमा समेत मोनालाई यस्तै कार्यक्रमहरु गरि प्रवासमा रहेका नेपालीहरुलाई स्वदेशमै भएको महसुस दिलाउन आग्रह गर्दै आफुले पनि सहकार्य गर्ने बताए ।

कार्यक्रममा एनआरएनए क्रोएसियाका सचिव दुर्गा अधिकारी,जन प्रगतिशील मंच क्रोएसियाका अध्यक्ष लोप्साङ लामा, तामाङ समाज,तमु समाज,सुदूरपश्चिमेली समाज,मगर एग सि क्वब,मगर समाज  लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

मोनाका क्रोएसिया अध्यक्ष रुपेश सुन्दासको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य भने मोनाका उपाध्यक्ष सपना जुग्जलीले दिएकी थिइन्। कार्यक्रमका सभापति सुन्दासले उपस्तिथि सबैलाई विशेष धन्यवाद दिदै आगामी दिनमा समेत संस्थाले यस्तै कार्यक्रमहरु गरिरहने प्रतिबद्धता गरे ।

देश-विदेशमा प्रख्यात गायक दुतराज म्याग्दीकै भएकोले यसपटक उहाँलाई निमन्त्रणा गरेको हो,´मोनाका संस्थापक अध्यक्ष रामकृष्ण शर्माले भने,`आगामी दिनमा अन्य कलाकारहरुलाई पनि निमन्त्रणा गर्ने संस्थाको योजना बताए।´संस्थापक अध्यक्ष समेत रहेका शर्माले म्यादीबाट रोजगारीका लागी क्रोएसिया आएकाहरुलाई संस्थामा जोडिन पनि आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *