पाँच समाचारको साथमा : युरोपाटीद्वारा युरोप ब्रिफिङ

आज सेप्टेम्बर ६ तारिख शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१) पोर्चुगलका दिदीबहिनीहरुद्वारा बेलाभिस्ता पार्कमा साँस्कृतिक जमघट कार्यक्रम सम्पन्न।

– नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको दिन पोर्चुगलका आम महिला दिदीबहिनीहरुले आज बेलाभिस्ता पार्कमा बृहत तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् ।

२)  गायक प्रकाश दुतराज युरोपियन मुलुक क्रोसियामा।

– युरोपको सांगीतिक यात्राको लागि गायक प्रकाश दुतराज आज क्रोसिया आएका छन् ।गायक दुतराजलाई  स्वागत गर्नको लागि क्रोसिया एयरपोर्टमा मोना क्रोसियाको टिम गएका थिए।दुतराज अहिले सांगीतिक यात्राको लागि युरोप आएका हुन् । उनी आफ्नो सांगीतिक कार्यक्रमको लागि युरोपियन मुलुक क्रोसिया लगायत पोर्चुगल,नर्वे आदि उनीले अरु थुप्रै देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्।

३) पोखरा एफसीद्वारा पोखरा गोल्ड कप २०२४ ‘७ ए साइड’ हुदै।

– पोखरा एफसीद्वारा आयोजित लुक्ला बियर प्रस्तुत पहिलो पोखरा गोल्ड कप २०२४ ‘७ए साइड’ समर्थित रेस्टुरेन्ट दियालो सेप्टेम्बर ८ तारिख आइतवार खेल हुने भएको छ।

४) पोर्चुगलको राजधानी लिस्बनमा कागजपत्र प्रमाणीकरणको काम हुदै।

– नेपाली राजदूतावास पेरिस फ्रान्सको आयोजना र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय र सहजीकरणमा संघकै कार्यालय लिस्बनमा विभिन्न कागजपत्र प्रमाणीकरणको काम अगस्ट २९ तारिखदेखि भइरहेको छ।

५) माल्टामा तीज विशेष सांस्कृतिक कार्यक्रममा सम्पन्न।

– गैर आवशीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् माल्टाको आयोजनामा तीज विशेष सांस्कृतिक कार्यक्रममा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *