Home Login

स्पेन। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् । सन् १९६८ को मे १३ तारिखमा नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै अहिले आपसी सम्बन्ध थप मजबुत बनाउन र स्पेनका नागरिकलाई नेपाल भित्र्याउने लगायत विविध विषयमा छलफल भएको थियो।

रोमानिया। यस खेल लाई कहिलेकाहीँ स्क्वास रैकेट पनि भनिन्छ,एउटा सानो,खोक्रो रबरको बलको साथ चार पर्खालको कोर्टमा दुई (एकल) वा चार खेलाडीहरू (डबल) द्वारा खेल्ने र्याकेट र बल द्धरा खेल्ने खेल लाई स्क्वास भनिन्छ। यस खेलमा खेलाडीहरूले वैकल्पिक रूपमा बललाई आफ्नो र्याकेटले कोर्टको चार पर्खालको खेल्न सकिने सर्त हरूमा प्रहार गर्छन्।खेलको उद्देश्य भनेको बललाई यस्तो तरिकाले […]

केजिन राई (बेल्जियमका मेयर र नेपाली समुदाय बिच अन्तरकृया लुभेनमा माऊन्ट एभरेष्ट ,बुद्धमार्ग र नेपाली चौतारी बनाऊन माग) २३ सेप्टेम्बर ,लुभेन वेल्जियम । बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेकोछ । ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कर कार्यक्रमसंगै नेपाली समुदायको तर्फबाट लुभेन वा आसपास क्षेत्रमा नेपाली चौतारी […]

(अहिले युवा पुस्ताका चर्चित लोकदोहोरी गायक हुन् गोरखाका रबिन लामिछाने) युरोप। लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रविन लामिछाने यतिखेर कार्यक्रमको सिलसिलामा बेलायतमा छन्। करिब दुई महिना यता बेलायत आएका रबिन यतिखेर कार्यक्रममा व्यस्त रहेको बताउँछन्। अहिले यतिखेर सांगीतिक कार्यक्रमका लागि नेपाली कलाकारहरु विदेशतिर आइरहेको थुप्रै मात्रामा पाइन्छ। त्यही थुप्रैमध्ये पनि एक हुन् […]

पोर्चुगल। नेपालमा असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस चलचित्र छक्का पञ्जा-५ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको चलचित्र हो छक्का पञ्जा सिरिज- यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको चलचित्रको निर्देशक दीपाश्री निरौलाले गरेकी छिन्। असोज […]

(नेपाली समाज मिलफन्तोषले सरसफाई अभियान सम्पन्न गरेको छ) पोर्चुगल। बेझा जिल्ला उदिमिरा नगरपालिका अन्तर्गत मिलिफन्टोसमा नवगठित नेपाली समाजले बजार सरसफाई अभियान सञ्चालन गरेको हो। गलीयादु देखि मिली सन्तोषको मुख्य बजार सिल्वा स्टोरसम्म नेपाली समाज का पदाधिकारी सदस्यहरू र नेपालीहरू मिलेर बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो। पोर्चुगलको उदिमिरा नगरपालिका विशेषगरी कृषि क्षेत्रमा काम गर्ने नेपालीहरूको […]

युरोप। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको हिजो जुम मार्फत घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको समितिमा ३० भन्दा बढी देशबाट व्यक्तिहरू जोडिएका छन्। गैरआवासीय नेपाली संघ पोर्चुगलको निवर्तमान सचिव तथा चितवन समाज […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ भोलि आइतबार हुने) पोर्चुगल। गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ गायक दुतराजको साथमा भोलि हुने भएको हो। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले चर्चित गायक प्रकाश दुतराजको साथमा भोलि सेप्टेम्बर २२ तारिख आइतवार लिस्बोअ अओ भिभोमा […]

एलिया लिम्बु । साइप्रस नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ दीपावलीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही आउँदो अक्टोबर १३ तारिख आइतबार दशैं तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक लिम्बु, रामजी खाँड र निर्जला गुरुङले साइप्रसमा रहेका नेपाली समुदायलाई नचाउने भएका छन्। युरोपेली […]

(प्रवासका नेपालीसंग प्रचण्डले भने, ‘माओवादीलाई बलियो बनाएर अबको चुनाव एक्लै लड्ने हो।) २० सेप्टेम्वर २०२४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनलाई बलियो बनाएर आगामी चुनाव एक्लै लड्ने बताएका छन् । आउने चुनावमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै प्रचण्डले पार्टीको अब बस्ने केन्द्रीय समितिले ठोस कार्ययोजना ल्याउने […]