प्रवास

स्याङ्गजा सहयोग समाज कतारको नवौं अधिवेशन सम्पन्न

कतार । स्याङ्जा सहयोग समाजको चाहना विशुद्ध सामाजिक सेवाको भावना भन्ने मूल नाराका साथ सन् २००५ मा स्थापना भएको स्याङ्गजा सहयोग समाज कतारको नवौं अधिवेशन शुक्रबार कतारमा सम्पन्न भएको छ।

शुक्रबार सनैया ३३ स्थित फुलवारी रेस्टुरेन्टको सभा हलमा सम्पन्न नवौ अधिवेशनमा नौमती बाजाको साथमा विविध साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए।

उक्त नवौ अधिवेशनबाट अध्यक्षमा घनश्याम अर्याल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा शिवराम ढकाल प्रथम उपाध्यक्षमा टेक बहादुर नेपाली (गैह्र),द्वितीय उपाध्यक्षमा नगेन्द्र प्रसाद रिमाल,तृतीय उपाध्यक्षमा लोकेन्द्र सिक्देल चयन भएका छन्।

महासचिवमा रोशन अर्याल ,सचिवमा सागर सुनार, छविलाल तिवारी रहेका छन्। कोषाध्यक्षमा दिपक सुवेदी र सह कोषाध्यक्षमा महेश लामिछाने रहेका छन्।

कार्यसमिति सदस्यमा धन बहादुर पुरकोटी, किरण बि.क,बालन परियार,दिपक कामी,चोम बहादुर परियार ,पंकज बि.क,दिपक कुमार बि.क,धिरज बिक्रम शाही ,टोपलाल पाण्डे,दिपक गैह्र र बुद्धि प्रसाद ढकाल रहेका छन्।


उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनु भएकोमा कतारबासी नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारहरु र कार्यसमितिका व्यक्तिहरूलाई निवर्तमान अध्यक्ष प्रकाश परियारले धन्यवाद समेत व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *