पोर्चुगल

पोर्चुगलको समस्या छिट्टै समाधान हुन्छ : परराष्ट्र सचिव अमृतकुमार राई

पोर्चुगल— पोर्चुगलमा रहेका नेपालीहरुको करिब तिन हजार भन्दा धेरै राहदानीहरु नेपाली राजदुतावास पेरिसमा जम्मा भएकोले सो पासपोर्टहरु पोर्चुगल ल्यायर बितरण गर्ने ब्यावस्था मिलाई दिनका लागी परराष्ट्र मंत्रालयसंग ,प्रधानमन्त्रीको कार्यलय, राहदानि विभाग , फ्रान्स दुतावासलाई प्रवासी नेपाली मञ्च पोर्तुगलको संयोजकत्वमा सर्वदलीय बैठकबाट प्रवासी नेपाली मञ्च पोर्चुगललाई जिम्मेवारी दिएको थियो ।

त्यही ज्ञापनपत्र आइतबार नेपाल सरकारका परराष्ट्र सचिव अमृत कुमार राईको कार्यकक्ष परराष्ट्र मन्त्रालयमा भेटघाट र छलफल गरी एनआरएनए आइसीसी सदस्य तथा प्रवासी नेपाली मंच पोर्चुगलका सल्लाहकार समितिका संयोजक राजकुमार थापालेले बुझाएका छन्।

अगस्ट महिनामा सम्पन्न भएको राहदानी शिविरबाट करिब तिन हजार भन्दा धेरै राहदानीहरु नेपाली राजदुतावास पेरिसमा जम्मा भएको छ ।

(नेपाल सरकारका परराष्ट्र सचिव अमृत कुमार राईलाई ज्ञापनपत्र बुझाउँदै राजकुमार थापा)

पोर्चुगलमा अहिले पहिलो रेसिडेन्सी कार्डको लागि बायोमेट्रिक हुने धेरैको राहदानी नेपाली राजदुतावास पेरिसमा रहेको र बायोमेट्रिक गर्नको लागि चाहिने राहदानी नै नभएपछि परेको असरले गर्दा परराष्ट्र सचिव अमृत कुमार राईको कार्यकक्षमा भेटघाट र छलफल गरी समस्या समाधानका बारेमा पोर्चुगलस्थित विभिन्न वैचारिक र सामाजिक संस्थाहरुको ज्ञापनपत्र बुझाएको राजकुमार थापाले बताए।

उक्त भेटघाट पछि एकहप्ता भित्र लिस्बनमा टोली पठाइ राहदानी वितरण गरी समस्याको समाधान गर्ने विश्वास समेत दिलाएको थापाले बताए।

हेर्नुहोस् ज्ञापनपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *