दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिँदै : आइमा

ad1 ad1

                   -फोटो : गुगल
(आइमाले दैनिक पाँच हजार भन्दा धेरैलाई सेवा दिएको छ।)

पोर्चुगल । एजेन्सी फर इन्टिग्रेशन आइमाले हालै मात्र दिनमा पाँच हजार मानिसहरू लाई सेवा दिइरहेको बताएको छ, जसमा चार लाख विचाराधीन मुद्दाहरू मध्ये आधा मुद्दाहरू फैसला समेत गरिसकेको बताएको छ ।

मन्त्रिपरिषद्को बैठकपछि राष्ट्रपतिका मन्त्री एन्टोनियो लिटो अमारोले बताए अनुसार, दैनिक ८ सय सेवाबाट ५ हजार पुग्यौँ र यो अहिले सम्मको ठूलो क्षमता हो’, मन्त्रीले भने एक लाख आठ हजार मुद्दा खारेज भएको समेत बताए।

एक लाख आठ हजार जनाको रद्ध गरिएका केसहरू अनिवार्य रूपमा गैर-भुक्तानीसँग सम्बन्धित भएको र यो अन्तिम आंकडा होइन किनभने त्यहाँ अझै पनि घटनाहरू हुन सक्छन् जसमा सूचना प्राप्त गर्ने व्यक्तिहरूले भुक्तान गर्न सक्षम हुनेछन्।

पोर्चुगलमा आई सेफलक गरी फेरि अरु देशमा (जस्तै: अरु युरोपेली मुलुक अथवा सिन्जन मुलुकमा) गई काम गरेको खण्डमा, यदि कुनै पनि डकुमेन्ट छुटपुट भएमा, यदि केही केसहरू परेमा, आइमाले बायोमेट्रिकको लागि पैसा तिर्न पठाएको इमेललाई चासो नदिएकोमा आदि इत्यादि जस्ता नराम्रो क्रियाकलापहरू गरी तपाईँको नाम कुनै पनि ठाउँमा रजिस्टर भएको खण्डमा चाहिँ आइमाले फाइल रद्द गरेको हुन सक्ने बताएको हो।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *