Home Login

दुबई। एनएल इन्टरनेशनल अवार्ड २०२४ विभिन्न क्षेत्रहरूमा उत्कृष्ट योगदानहरूलाई सम्मान गर्दै हिल्टन अल सीफको विलासी क्यानोपीमा भव्य समारोहमा शनिबार सम्पन्न भएको छ। न्युजलाइन्स मिडियाले आयोजना गरेको उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन, सामाजिक सेवा र नेपाली संस्कृति, विशेषगरी यसको समृद्ध पाक सम्पदाको प्रवद्र्धन जस्ता क्षेत्रमा विशेष काम गरेकोमा व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । […]

०१ अक्टोबर २०२४ । विनासकारी बाढी र पहिरो पिडित नेपालीलाई परदेशमा भएका नेपालीले सहयोग पठाउने क्रम बढ्दै गएको छ । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय (युरोप, अमेरिका र अष्ट्रेलिया) प्रवास प्रदेश संगठन समिति र नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ) युरोपले संयुक्त रुपमा १० लाख रुपैयाँ बाढी र पहिरो पिडितको सहयोगको लागि पठाएका छन् । नेकपा (माओवादी […]

पोर्चुगल। चितवन समाज पोर्चुगलको तेस्रो अधिबेशन सेप्टेम्बर ३० तारिख सोमबार लिस्बनको जापानीज सुसि एण्ड इण्डोनेसिएन फुड रुवा दे अलाकान्त्रामा सम्पन्न भएको छ। उक्त अधिवेशनको दिन चितवन समाज पोर्चुगलको कार्यसमिति लगायत चितवन बासीहरूको मात्रै उपस्थिति भई अधिवेशन सम्पन्न गरेको हो । उक्त अधिबेशन सम्पन्न भएको केही समयपछि नयाँ कार्यसमितिले अर्को बृहत कार्यक्रम राख्ने समेत भएको छ। […]

युरोप। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिले लगातारको वर्षाका कारण नेपालका विभिन्न स्थानमा आएको, बाढी, पहिरो र डुबानमा परी मानवीय क्षति भएको घटनाबाट संस्था मर्माहत बनेको विज्ञप्तिबाट जानकारी दिएको छ । संस्थाका अध्यक्ष डा. बद्री केसी र उपाध्यक्ष हेमराज शर्माले जारी गरेको विज्ञप्तिमा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै यस दुखद स्थितिमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण […]

जसमान दर्नाल —क्रोएसिया। नेपालमा केही दिन अगाडि मात्रै आएको भीषण वर्षा र बाढीबाट पीडित नेपाली नागरिकलाई तत्काल राहत पुगोस भनेर युरोपमा बस्ने नेपाली कर्मठ युवाहरुको स्वइच्छाले प्रती ब्याक्ती नगद पचास हजारका दरले  आर्थिक सहयोग गरेका छन। नेपाली जनप्रगतिशिल मन्च युरोप कमिटी अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष द्वय गङा भुसाल, लोक दहाल र महासचिव धर्मराज खतिवडाले उक्त […]

स्पेन। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् । सन् १९६८ को मे १३ तारिखमा नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै अहिले आपसी सम्बन्ध थप मजबुत बनाउन र स्पेनका नागरिकलाई नेपाल भित्र्याउने लगायत विविध विषयमा छलफल भएको थियो।

रोमानिया। यस खेल लाई कहिलेकाहीँ स्क्वास रैकेट पनि भनिन्छ,एउटा सानो,खोक्रो रबरको बलको साथ चार पर्खालको कोर्टमा दुई (एकल) वा चार खेलाडीहरू (डबल) द्वारा खेल्ने र्याकेट र बल द्धरा खेल्ने खेल लाई स्क्वास भनिन्छ। यस खेलमा खेलाडीहरूले वैकल्पिक रूपमा बललाई आफ्नो र्याकेटले कोर्टको चार पर्खालको खेल्न सकिने सर्त हरूमा प्रहार गर्छन्।खेलको उद्देश्य भनेको बललाई यस्तो तरिकाले […]

केजिन राई (बेल्जियमका मेयर र नेपाली समुदाय बिच अन्तरकृया लुभेनमा माऊन्ट एभरेष्ट ,बुद्धमार्ग र नेपाली चौतारी बनाऊन माग) २३ सेप्टेम्बर ,लुभेन वेल्जियम । बेल्जियमको शैक्षिक नगरको रूपमा परिचित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले हिजो एक साक्षात्कार कार्यक्रम सम्पन्न गरेकोछ । ब्रसेल्समार्गमा सम्पन्न साक्षात्कर कार्यक्रमसंगै नेपाली समुदायको तर्फबाट लुभेन वा आसपास क्षेत्रमा नेपाली चौतारी […]

(अहिले युवा पुस्ताका चर्चित लोकदोहोरी गायक हुन् गोरखाका रबिन लामिछाने) युरोप। लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक रविन लामिछाने यतिखेर कार्यक्रमको सिलसिलामा बेलायतमा छन्। करिब दुई महिना यता बेलायत आएका रबिन यतिखेर कार्यक्रममा व्यस्त रहेको बताउँछन्। अहिले यतिखेर सांगीतिक कार्यक्रमका लागि नेपाली कलाकारहरु विदेशतिर आइरहेको थुप्रै मात्रामा पाइन्छ। त्यही थुप्रैमध्ये पनि एक हुन् […]

पोर्चुगल। नेपालमा असोज २४ अर्थात् फुलपातीबाट प्रदर्शनमा आउने यस चलचित्र छक्का पञ्जा-५ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको चलचित्र हो छक्का पञ्जा सिरिज- यो फिल्म ‘छक्का पञ्जा’को पांचौँ सिक्वेल हो । छक्का पञ्जा सिक्वेव बक्स अफिसमा हिट छ । यसको चलचित्रको निर्देशक दीपाश्री निरौलाले गरेकी छिन्। असोज […]