युरोप, नर्वे — नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ४ भाइ इभेन्ट्सद्वारा नेपाली नयाँ वर्ष सांगितिक विशेष कार्यक्रम २०८२ अप्रिल २१, २०२५ अर्थात बैशाष ८, २०८२ नर्वेको राजधानी ओस्लो नजिकै Gårdsveien 6, 0952 ओस्लो, नर्वेमा रहेका नेपालीहरूको साथमा सम्पन्न भएको हो । कार्यक्रम दिनको ५ बजेबाट सुरु भएको थियो । सांस्कृतिक कार्यक्रममा नेपाली राष्ट्रिय गानबाट सुरु भएको थियो ।
पहिलो चरणको कार्यक्रममा नर्वेमा रहेका नेपाली KNDC ग्रुपका बाल कलाकारहरुको मिठो नृत्य प्रस्तुत गरिएको थियो । KNDC ग्रुपका कलाकारहरुको आकर्षक नृत्यहरूले पहिलो चरणको सांस्कृतिक कार्यक्रमलाइ रोचक बनाएको थियो । नर्वेलाई कर्मथलो बनाएका मिठो स्वरका धनी बिस्णु क्षेत्रीको गीतले सबैलाइ नचाएको थियो ।
दोश्रो चरणको कार्यक्रम बेलुकाको ७ बजेदेखि सुरु भएको थियो । जब नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायक पशुपति शर्मा स्टेजमा देखापरे, बिस्तारै आफ्नो सिटमा बसेका नेपालीहरु स्टेजको अगाडी जम्मा हुन थाले ।
बालबालिका, बूबा आमा, उपस्थित सबै पशुपति शर्माको गितमा नाच्न थाले । उनले गाएका चर्चित लोकगितहरुको टुक्काहरु गाउदै गर्दा सबैजना नाच्नलाइ तयारी अबस्थामा थिए । शर्माका प्राय गीतहरु सामाजिक चेतना, देशमा चलिरहेको अवस्था, बिदेशिएका नेपालीहरुको व्यथा, नेपालमै रहेकाहरुको अवस्थाहरुको बारेमा छन् त्यसैले प्राय नेपालीहरुको मुखैमा शर्माका गित र सॅगित झुन्डिएका हुन्छन् ।
स्टेजमा उनले गित गाउदै गर्दा आधा गित दर्शकहरुलेनै गाइदिन्छन् । बिच बिचमा शर्माको आफ्नै भाषा र मौलिकताले उपस्थित नेपालीहरुलाई रमाइलो बनाएका थिए । स्टेजमा गित गाऊदै गर्दा दोहोरी फर्काउन सक्ने महिलाहरुको खोजि गरिरहेका थिए । तर कोहीपनि उनलाई दोहोरी फर्काउन सक्ने अबस्थामा थिएनन् । आफैले टुक्का बनाउदै दोहोरी गाए । स्टेजमै २/२ महिला पुरुषलाइ बोलाएर उठबसमा नाच्ने प्रतिस्प्रधा समेत गराएका थिए ।
करिब दुइघन्टा स्टेजमा नरोक्किकन गितहरु गाउदै आफुपनि नाच्दै उपस्थित सबैलाई नचाएका थिए । पृथ्वी गोलो छ, न मरे बाचे कुनै न कुनै ठाऊमा भेट हुनेछ भन्दै आउदै गरेको तिजमा समय र मौका मिले भेट्ने वाचा गर्दै तिजमा गाएका गीतहरुको टुक्का गाउदै कार्यक्रमलाई बिट मारेका थिए ।
कार्यक्रम सकिएपछि स्टेजमा फोटो खिच्ने र टिकटक बनाउनेको लाइन लागेको थियो । पशुपति शर्मा युरोपका बिभिन्न देशहरुमा प्रस्तुत गर्दै नर्वेमा आईपुगेका हुन् । दुइदिनको नर्वेको बसाइ पछि उनि युरोपको अर्को देश माल्टा तिर लाग्ने छन् ।
प्राय उपस्थित नेपालीहरुले कार्यक्रमको प्रशंसा गरेका थिए । अन्य कलाकारहरुको प्रस्तुति भन्दा पशुपति शर्माको प्रस्तुति रमाइलो लागेको बताएका थिए । कार्यक्रम हलमा प्रवेशको लागि टिकटको ब्यबस्था गरिएको थियो । सांस्कृतिक कार्यक्रम श्याम राइले सञ्चालन गरेका थिए भने प्राबिधिक तर्फ बिष्णु क्षेत्रीले सम्हालेका थिए ।