‘प्रथम मोन्तिजो कप २०२५‘ आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको छ । अप्रिल २० आइतबार सम्पन्न भएको खेलमा आयोजक मोन्तिजो समाज (एल्लो) ले जित हासिल गरेको हो ।
युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता अप्रिल २० आइतबार सम्पन्न भएको थियो । उक्त खेलकुद प्रतियोगितामा आयोजक मन्तिजोबाट २ टिम सहित १८ टिम रहेको थियो ।
रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरिएको खेलकुद संयोजक सरोज घिमिरेले बताउनुभयो ।
२०२३ मा स्थापना भएको समाजले पहिलो पटक आयोजना गरिएको फुटबल प्रतियोगितामा दोस्रो स्थान ड्रीम सिटी ब्वाइजले हात पारेको थियो ।
खेलकुद प्रतियोगितामा प्रथम हुने मोन्तिजो समाजले ३ हजार ५ सय युरो सहित मेडल, प्रमाणपत्र प्राप्त गरेको थियो भने दोस्रो हुने ड्रीम सिटी ब्वाइजले २ हजार युरो सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यस्तै उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी प्रदर्श भट्टराई रहेका थिए भने उत्कृष्ट डिफेन्डर ओम गुरुङ, सबैभन्दा धेरै गोलकर्ता अनिश गुरुङ र उत्कृष्ट किपर हिमाल गुरुङ रहेका थिए ।
त्यस्तै उक्त प्रतियोगितामा खेलाडीहरूको हौसलाको लागि नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा समेत उपस्थिति भएकी थिइन् । चलचित्र प्रमोसनको लागि शुक्रबार उनी पोर्चुगल आएकी थिइन् ।
कप्तान एन्जिला तुम्बापो सुब्बालाई मोन्तिजो समाजका संस्थापक गोपाल योन्जन र समाजसेवी रविन अधिकारीले उनको हौसलाको लागि केही सहयोग समेत गरेका थिए ।
Leave a Reply