Home Login
प्रवास

रास्वपा नेता डा स्वर्णिम वाग्ले लण्डनमा

लण्डन — राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायतस्थित प्रवास संगठन ‘रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूके’ पहिलो अधिवेशनमा सम्बोधन गर्न रास्वपा नेता माननीय डा स्वर्णिम वाग्ले लण्डन आइपगेका छन्। उनी शुक्रबार लण्डन आइपगेका हुन् ।

रास्वपा केन्द्रिय उपसभापति डा स्वर्णिम वाग्लेलाई रास्वपा यूके सभापति पवन शर्मा एबम रास्वपा सदस्य रमेश बेलबासे लगायतले स्वागत गरेका थिए ।

अप्रिल २८ तारिख सोमबार मिडल्याण्डको लेष्टरस्थित जंगल क्लबमा हुने अधिवेशनमा भाग लिन दुई दिनको लागि मात्रै बेलायत आएका डा वाग्लेले नेपाली प्रोफेसनलहरुको संस्था सोसाइटी अफ नेप्लिज् प्रोफेसनल्स् (एसओएनपी) यूकेको कार्यक्रममा समेत सहभागी हुने भएका छन् ।

अधिवेशनमा बेलायतस्थित नेपालका राजनीतिक पार्टीनिकट विभिन्न संगठनका प्रतिनिधिलाई पनि निम्त्याइएको छ ।

अधिवेशनमा सहभागी हुने रास्वपा यूके सभापति पवन शर्माले बेलायतस्थित संगठनका सबै सदस्य एवं शुभेच्छुकहरुलाई आव्हान गरेका बताए ।

Leave a Reply