Home Login

डेनमार्क — नेकपा (एमाले) का केन्द्रीय सचिव, ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य तथा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश भट्टराई डेनमार्क आउने भएका छन् । आगामी जुन २८ तारिख शनिबार प्रवासी नेपाली मंच डेनमार्क द्वारा आयोजीत ‘स्वागत, भेटघाट तथा अन्तरक्रिया’ कार्यक्रमका लागि योगेश भट्टराई डेनमार्क आउने भएका हुन् । प्रवासी नेपाली मंच डेनमार्कका अनुसार, […]

स्पेन — प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार स्पेन आउने भएका छन् । उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् । प्रधानमन्त्रीको औपचारिक भ्रमणको सम्पूर्ण तयारी पूरा भएको र स्वागतका लागि […]

बेल्जियम — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राज्यले प्रतिशोध साधेको भन्दै बेल्जियमका प्रवासी नेपालीले हस्ताक्षर अभियान चलाएका छन् । रास्वपाको तेस्रो स्थापना दिवसको अवसरमा प्रवास सम्पर्क विभाग बेल्जियमले सोमबार बेल्जियमको ल्युभेनमा बृहत सभा गरी अभियान शुभारम्भ गरेको हो ।  प्रतिशोधविरुद्धको अभियानमा सहभागी हुन बेल्जियमका ८ प्रदेश तथा युरोपका विभिन्न देशहरुबाट नेपालीहरु भेला भएको प्रवास […]

लिजवन — नेकपा एमालेको प्रवासी संगठनका नेता गमबहादुर गुरुङ पुरानै घर नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । लामो समयदेखी बेल्जियममा बस्दै आएका बौद्धिक र इमानादार नेता गुरुङ आइतबारबाट नेकपा (माओवादी केन्द्र) मा फर्किएका हुन् । बेल्जियममा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रिय सदस्य सुरेन्द्र भुषाल लगायतका नेताहरुले गुरुङलाई स्वागत गरे ।  उनी माओवादीको […]

रासस — राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्याण्ड क्षेत्रीय समितिको पहिलो बैठक १५ जुनका दिन संयोजक जगन्नाथ (गोकर्ण) भुसालको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले संगठनमा आवद्ध हुन धेरै इच्छुक भएको निष्कर्षसहित सबैलाई समेट्ने गरि सल्लाहकार र विभिन्न उपसमिति बनाउने निर्णय गरेको छ । बैठकले सदस्यता विस्तारलाई पनि तीव्रता दिने भएको […]

स्पेन — प्रधानमन्त्री केपी शर्मा ओली असारको दोस्रो साता युरोप भ्रमणमा आउने भएका छन् । युरोपको स्पेन भ्रमणमा फर्किएलगत्तै भारत भ्रमणमा जाने चर्चा छ । तर, अहिलेसम्म दुवै पक्ष नेपाल र भारतबाट भ्रमणको तयारीबारे आधिकारिक सूचना प्रवाह गरिएको छैन । यही असार १५ गते स्पेनको सेभिल्ला सहरमा हुने कार्यक्रममा भाग लिनको लागि प्रधानमन्त्री त्यसतर्फ जाने […]

बेलायत — प्रमुख सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले बलियो हुँदासम्म आफ्नो भविष्य नहुने देखेका शक्तिहरू एमालेविरुद्ध गाली गर्न लागेको स्पष्ट पारेका छन् । पोखरेलले राष्ट्रलाई बलियो बनाउने अभियानमा एमाले लागेकाले राष्ट्रियताविरोधी शक्ति एमालेविरुद्ध लागेको स्पष्ट गरे । बेलायत भ्रमणमा रहेका पोखरेलले पार्टीनिकट प्रवासी नेपाली मञ्च युकेको नवौँ अधिवेशनलाई बेलायतमा सम्बोधन गर्दै […]

साइप्रस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साइप्रस आइपुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै उनी आइतबार साइप्रस आइपुगेको जानकारी गराएका हुन् । उनी साइप्रसपछि क्यानाडा र क्रोएसियाको भ्रमण गर्ने तयारी गरेका छन् । उनी साइप्रस गणराज्यका राष्ट्रपति निकोस क्रिस्टोडोलिडेसको निम्तामो १५ जुनदेखि १६ सम्म साइप्रसको भ्रमणमा हुनेछन् । भारतीय अधिकारीहरुको भनाइ उधृत […]

काठमाडौँ — युरोपेली संघ (EU) ले हालै नेपाललाई “उच्च जोखिमयुक्त तेस्रो देश” (High-risk third country) को सूचीमा समावेश गरेको छ। यो निर्णय वित्तीय अपराध, विशेष गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नेपालले देखाएको कमजोरीका कारण आएको हो। यस वर्गीकरणको मुख्य आधार वित्तीय कारबाही कार्यदल (FATF) ले […]

लण्डन —  एमाले महासचिव शंकर पोखरेल पार्टी निकट प्रवासी नेपाली मंच (ओएनएफ) यूकेको नवौं अधिवेशन उद्घाटन गर्न बेलायत आउने भएका छन्। युरोप हुँदै १२ जुन बेलायत आउन लागेका पोखरेलले नवौं अधिवेशनमा प्रमुख अतिथिका रुपमा भाग लिनेछन्। अधिवेशनमा एमाले युरोप इन्चार्ज घनश्याम पाण्डे र प्रवासी नेपाली अन्तरराष्ट्रिय मंचका अध्यक्ष संजय थापा, प्रवासी नेपाली मंच अन्तरराष्ट्रिय कमिटी […]