भूकम्प

७ दशमलव १ म्याग्निच्युडको शक्तिशाली भूकम्प

युरोप — चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो।

सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन,नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्टिय सञ्चार माध्यमले जनाएका छन्।

भूकम्पले काठमाडौं उपत्यका लगायतका जिल्लामा धक्का दिएको थियो। भूकम्पले ठूलो क्षति नभए पनि मानिसहरूमा त्रास उत्पन्न गराएको थियो।

बिहानै शक्तिशाली भूकम्पको आएपछि मानिसहरु घर बाहिर निस्किएका थिए भने सडकमा सवारी रोकिएका थिए। भूकम्पले के कति क्षति भयो भन्नेबारे विवरण हालसम्म प्राप्त भएको छैन।

चिनमा भने बिहान ९ बजेर ५ मिनेटमा सिजाङ स्वायत्त क्षेत्रको सिगात्सेको डिङ्ग्री काउन्टीमा ६.८ म्याग्नीच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)ले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *