आन्द्रे भेन्टुराले राष्ट्रपतिको लागि उम्मेदवारी दिने

ad1 ad1

युरोपाटी संवाददाता।

पोर्चुगल— प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्।

शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरुलाई पत्र मार्फत जानकारी गराउँदै उनले फागुनको अन्तिममा उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका हुन्।

जनवरी २०२६ मा पोर्चुगलमा राष्ट्रपतिको चुनाव हुने तयारी भइरहेको छ। यो चुनावले राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाको उत्तराधिकारी चयन गर्नेछ,जसलाई तेस्रो कार्यकालको लागि उम्मेदवार हुनबाट रोक लगाइएको छ।

सन् २०२१ मा, पोर्चुगलको राष्ट्रपतिको लागि उनले उम्मेद्वारी दिएका थिए। उनको यो दोस्रोपटक राष्ट्रपतिको लागि उम्मेदवारी हुनेछ।

सन् २०२१ मा राष्ट्रपतिको उम्मेदवारी दिँदै गर्दा उनीले ११.९०% मत ल्याएर उक्त चुनावमा तेस्रो भएका थिए।  गएको सन् २०२४ मा पोर्चुगाली विधायी चुनावमा सेगा पार्टीले उनको नेतृत्वमा १८.१% भोट प्राप्त गरेको थियो ।

सन् २०१९ मा स्थापना भएको सेगापाटीले पोर्चुगलमा आप्रवासीहरूप्रति खरो रूपमा आक्रोशित लिइरहेका छन्।

विश्वमा सुरक्षाको हिसाबले पनि राम्रो रहेको देश पोर्चुगलमा अहिले आप्रवासीको संख्या धेरै भएको कारणले गर्दा पोर्चुगललाई आप्रवासीहरू चाहिँदैन आप्रवासीलाई पोर्चुगल ल्याउनको लागि बन्द गर्नुपर्छ भन्दै उत्रिरहेका छन्।

सन् २०२१ मा राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले २,५३३,७९९ अर्थात् (६०.७०%) ल्याएर विजय भएका थिए।

त्यस्तै पहिलोपटक राष्ट्रपतिको चुनावमा हुमिएका प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले ४९६,६५३ अर्थात् (११.९०%) भोट प्राप्त गरी तेस्रो भएका थिए।

सन् २०२१ मा निर्वाचित भएका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा सामाजिक लोकतान्त्रिक पार्टीबाट प्रतिनिधित्व गरेका थिए। उनको अब २०२६ मा आफ्नो कार्यकाल सकेर राष्ट्रपतिको लागि नयाँ निर्वाचन हुने भएको हो।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *