पोर्चुगलमा सार्वजनिक बिदा कुन महिनामा कुन-कुन दिन पर्छ ?

ad1 ad1

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नयाँ बर्ष सुरु भएपछि सरकारबाट दिने राष्ट्रिय सार्वजनिक बिदाहरू कहिले र कुन दिन पर्छ होला ? के अनुमान गर्न सक्नु हुन्छ ?

हामीले तयार पारेको रिपोर्ट अनुसार सन् २०२५ मा पोर्चुगलमा १३ वटा राष्ट्रिय सार्वजनिक बिदाहरु छुटाएको छ।

जनवरी १ नयाँ वर्षको दिन सार्वजनिक बिदा जुन गइसकेको छ । अब आउने सार्वजनिक बिदाहरुमा अप्रिल १८ मा गुड फ्राइडे वर्षको पहिलो लामो सप्ताहन्त हो। जुन दिन सार्वजनिक बिदा हुने गर्छ ।

त्यस्तै अप्रिल २० मा इस्टर आइतबार सार्वजनिक बिदा, अप्रिल २५ मा स्वतन्त्रता दिवस वा कार्नेशन क्रान्ति जुन दिन पनि सार्वजनिक बिदा हुने गर्छ ।

सार्वजनिक बिदाहरुमा मे १ श्रम दिवस बिहीबार पर्ने छ भने जुन १० मा पोर्चुगल, क्यामोस र पोर्तुगाली समुदाय दिवस परेकाले उक्त दिन पनि सार्वजनिक बिदा रहेको छ।

जुन १९ कर्पस क्रिस्टी बिदा, अगस्त १५ हाम्रो लेडीको धारणाको दिन मनाइने भएकाले उक्त दिन पनि बिदा, अक्टोबर ५ मा गणतन्त्र दिवस आइतबार पर्ने छ।

नोभेम्बर १ मा सबै सेन्ट्स डे, शनिबार पर्ने छ भने  डिसेम्बर १ मा स्वतन्त्रता पुनर्स्थापना दिवस उक्त दिन सोमबार रहेको छ। डिसेम्बर ८ बेदाग गर्भाधानको दिन पनि सोमबार मनाइने भएको छ। डिसेम्बर २५ क्रिसमस डे सार्वजनिक बिदा हुने छ।

नोट : मार्च ४ मा कार्निवल मंगलबार आधिकारिक बिदा मानिने छैन तर वैकल्पिकमा भने परेको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *