Home Login
राष्ट्रिय

वरिष्ठ सौन्दर्यविद् महरा गरिन स्पार्कल ब्यूटी एण्ड एकेडेमीको उद्घाटन

काठमाडौं नारायणी कम्पलेस कालिमाटीमा  स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।

वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार  एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले  लामो  समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले  गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । शुभकामना ब्यक्त समेत गरिन ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले  फेसियल हाउसमा लामो समयदेखि  काम गदै आज आफै एकेडेमी चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन ।

स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम  गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत  सुपथ मूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् 

Leave a Reply