Home Login
राजनीति

स्कटल्याण्डमा रविको पक्षमा ५ सय हस्ताक्षर सम्पन्न

स्कटल्याण्ड — पूर्व गृहमन्त्री रवि लामिछानेको पक्षमा स्कटल्याण्डमा रहेका ५ सय जना नेपालीले हस्ताक्षर गरेका छन् । सोमवार राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डको कार्यालय उद्घाटन कार्यक्रममा उक्त जानकारी दिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डका अध्यक्ष गोकर्ण भुसालको सभापतित्वमा नेपालबाट आएका बुबा कुँविर खरेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पार्टीका अध्यक्ष गोकर्ण भुसालले रिबन काटेर पार्टी कार्यालयको उद्घाटन गरे ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी छविलाल अर्याल, विशिष्ट अतिथि कुँविर खरेल, रामप्रसाद कँडेल, मिन खरेल लगायत युवा समाजसेवी व्यक्तित्वहरू बाक्लो उपस्थितिमा सहभागी हुनु भएको थियो । पार्टीका अध्यक्ष र सबै अतिथिहरूको उपस्थितिमा दोस्रो बैठक तथा पार्टी कार्यालय उद्घाटन सम्पन्न भएको जानकारी गराउँदा हामी निकै हर्षित छौं ।

पार्टीका सहसचिव भोजराज खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी स्कटल्यान्डको लागि आफ्नै निवासमा पार्टी कार्यालय खोल्न हल उपलब्ध गराउनु भएको र आजको खाजा प्रदान गर्नु भएकोमा धेरै धन्यवाद ज्ञापन गर्दै सम्मान गरियो ।

कार्यक्रमको उद्घाटन उपसंयोजक पदमलाल खरेलले स्वागत मन्तव्य दिनुभएको थियो भने सचिव देवेन्द्र कैदी पुरुषले कार्यक्रम सञ्चालन गर्नुभयो । सभापति भुसालले आजको उत्साहजनक उपस्थितिलाई सम्बोधन गर्दै आगामी दिनमा सदस्यता कसरी बनाउने भन्ने विषयमा जानकारी दिनुभयो ।

साथै बुटवल-भैरहवा ब्लब्स सञ्चालनका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिइयो ।

स्कटल्यान्डबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोधको विषयमा पनि जानकारी गराइयो । करिब ५०० हस्ताक्षर संकलन गरी नेपाल पठाइएको र अन्य हस्ताक्षर संकलन गर्ने काम जारी रहेको बताइयो ।

एडिनबर्गको कोशी रेस्टुरेन्टका सञ्चालक वसन्त खरेलले एक वर्षमा १२ वटा कार्यक्रम गर्न हल उपलब्ध गराउनु भएकोमा धन्यवाद ज्ञापन गरियो । कार्यक्रममा प्रमुख अतिथिहरूले आफ्नो सकारात्मक विचार व्यक्त गरे ।

Leave a Reply