इजरायली सेनाले शनिबार गरेको हवाई हमला र गोलीबारीमा गाजामा कम्तीमा २० जना मारिएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन् । जसमा आठ जना खाद्यान्नको खोजीमा आएकाहरू पनि परेको बताइएको छ ।
उक्त हमलामा घाइते भएका ३६ जनालाई सहायता वितरण केन्द्रबाट मध्य गाजाको अस्पतालमा पुर्याइएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मध्य र दक्षिणी गाजामा शनिबार भएको दुई छुट्टाछुट्टै हमलामा १० जना मारिएको गाजास्थित स्वास्थ्यकर्मीलाई उधृद गर्दै एपीले जनाएको छ । नासेर अस्पतालले विस्थापितहरू आश्रय लिएर बसिरहेका पालमा गरिएका हमलामा पााच जनाको मृत्यु भएको उल्लेख गरेको छ । अर्को हमलामा, खान युनिसको मुख्य सडक नजिकै बसेका ती विस्थापितको पालमा हमला हुँदा दुई दाजुभाइ र एक आफन्तको मृत्यु भएको समाचारमा छ । खान युनिसमै बन्द एक कारागारको गेट नजिकै आश्रय लिएर बसिरहेका विस्थापितहरू लक्षित अर्को एक हमलामा परी एक आमाछोरीको मृत्यु भएको बताइएको छ ।
त्यसैगरी, जावाइदा र देयर अल–बलाह बीचको एउटा घरमा पनि इजरायली सेनाले हमला गर्दा दुई अभिभावकसहित उनीहरूका तीन बच्चाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको एम्बुलेन्स र आपतकालीन सेवाले बताएको छ । रफाहमा नवनिर्मित मोराग करिडोर र खान युनिसको बीचमा सहायता पर्खिरहेका भिडमा इजरायलको सेनाले गोली चलाउादा अन्य पााच प्यालेस्टाइनी पनि मारिएको अस्पतालले बताएको छ ।
इजरायलको सेनाले सहायता स्थल नजिकैको हमलाबारे तत्काल जवाफ दिएको छैन । यद्यपि, उसका शीर्षस्थ सैनिक जनरलले शनिबार आफ्ना बन्धकहरू रिहा नभएमा ‘लडाइा जारी रहने’ चेतावनी दिएका छन् । लेफ्टिनेन्ट जनरल इयाल जामिरले युद्धविरामका लागि हामासमाथि दबाब कायम राख्न पनि इजरायलको सेनाले आक्रमण गर्नुपरेको तर्क गरेका छन् ।