Home Login
राष्ट्रिय

अमेरिकामा ६ हजार विद्यार्थीहरूको भिसा रद्द,नेपालीको हकमा के होला ?

अमेरिकाले ६ हजार बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा रद्द गरेको छ । अमेरिकी विदेश विभागका अनुसार अमेरिकी कानुन उल्लङ्घन गरेको र तोकिएको अवधिभन्दा बढी समय बसेपछि ६ हजार बढी विद्यार्थीहरूको भिसा रद्द गरिदिएको हो । भिसा रद्द गरिने विद्यार्थीमा धेरैजसो मादक पदार्थ सेवन गरी गाडी चलाउने,चोरी र आतं’कवादको समर्थन गरेको अ’भियोग झेल्नेहरु छन् ।

ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिको एक हिस्सा अन्तर्गत अन्तर्राष्ट्रिय विद्यार्थीहरू विरुद्ध कडा कारबाही भएको प्रभाव नेपाली विद्यार्थीमा पनि परिरहेको छ ।

प्यालेस्टाइनको समर्थनमा विरोध प्रदर्शन गर्ने केही विद्यार्थीहरू समेत ट्रम्प प्रशासनको कार’बाहीमा परेका छन् ।  चार हजार जना कानुन उल्लङ्घन गरेको आरोपमा र २ सय  देखि ३ सय जना आतंकवाद सम्बन्धी  मुद्दामा कारबाहीमा परेको जनाइएको छ ।

Leave a Reply