
पोर्चुगल । बागलुङ समाज पोर्चुगलको अध्यक्षमा दिनेश खड्का निर्वाचित भएका छन् । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रम सम्पन्न पार्नको लागि नेपालबाट युरोप कार्यक्रममा निस्केका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीले पोर्चुगलमा रहेका नेपालीहरूलाई धुमधामका साथ नाच-गानमा व्यस्त गराएका थिए। कार्यक्रम दिउँसो ४ बजेबाट सुरु भएतापनि औपचारिक कार्यक्रम छिट्टै समापन गरेर सांगीतिक कार्यक्रमलाई जोडेका थिए। […]