पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष इमान सिंह तामाङ लगायत कार्यसमितिमा रहेका सबैले बिहीबार मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको अवसरमा शुभकामना दिएका छन्।
नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका अध्यक्ष लगायत कार्यसमितिमा रहेका सबैले युरोपाटीलाई बताए अनुसार, मञ्जुश्री सम्वत् २८६१ सोनाम ल्होछारको पोर्चुगल लगायत विश्वभरि छरेर बसेका तामाङ तथा गैर तामाङहरूलाई शुभकामना दिएका हुन्।
साथै, नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलले मञ्जुश्री संम्वत २८६१ सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको छ।
कार्यक्रम पोर्चुगलको राजधानी लिस्वानमा आउँदो फेब्रुअरी २ आइतबारको दिन हुने भएको हो। उक्त कार्यक्रमको लागि आयोजकले केही हप्तादेखि नै प्रचारप्रसार सुरु गरेको थियो।