आयरल्याण्ड— आयरल्याण्डको डब्लिन सहरमा रहेको होटल र्याडीसनमा तामाङ परिवार आयरल्याण्डद्वारा पहिलोपटक आयोजित सोनाम ल्होछार कार्यक्रम सम्पन्न भएको छ ।
तामाङ समुदायको राष्ट्रिय पर्ब मञ्जुश्री सम्बत २८६१ डुल( सा- पुख्री ) ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २८ मंगलबारकाको दिन लोकप्रिय गायक इन्डियन आइडल सिजन ३ का बिजेता तथा नेपाली चलचित्र क्षेत्रका नायक प्रसन्त तमाङको बेजोड प्रस्तुतीका साथमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
साथै तामाङ सेलो गीतमा चेल्सी सापकोट लगायत थुप्रै कलाकारहरुको कार्यक्रममा प्रस्तुती रहेको थियो। ल्होछार साँझ २०२५ नाम दिएको उक्त कार्यक्रममा प्रमुख अतिथि एनआरएन आयरल्याण्डका अध्यक्ष प्रकास सापकोट रहेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष सापकोटा, विदेशमा रहेर पनि आफ्नो कला, संस्कृति, भेषभुषा,मौलिकतालाई अंगाल्दै जानु हामी लगायत हाम्रा दोस्रो पुस्ताहरुका लागि पनि सकारात्मक रहेको यस्ता राम्रा पक्षहरुलाई निरन्तरता दिंदै जानुपर्ने सांस्कृतिक विरासत मर्न दिन्नुहुन्न र एनआरएन आयरल्याण्ड सदैव साथमा रहेको समेत प्रतिबद्धता जनाउनुभएको थियो।
कार्यक्रममा नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रमलाई सफल पारिदिनुभएकोमा आयरल्याण्डमा बसोबास गर्ने नेपाली तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई आयोजकले धन्यवाद समेत व्यक्त गरेको छ।
उक्त कार्यक्रमको सञ्चालन भने निर्मल घिसिङले गरेका थिए।