संघ-संस्था

साइप्रसमा गोर्खा किचनद्वारा सोनाम ल्होछार तथा साँस्कृतिक कार्यक्रम हुदै

एलिया लिम्बु ।

साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा तामाङ समुदायहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ।

कार्यक्रम यही आउँदो फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा हुने भएको हो।

तामाङहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसरमा  उक्त साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक मिलन लामा समेत साइप्रस आउने भएका छन्।

गायक लामा दोस्रोपटक साइप्रस आउन लागेका हुन्। उनी २०२३ मा पनि नेपाल तामाङ घेदुङ साइप्रसद्वारा आयोजना गरिएको सोनाम ल्होछार कार्यक्रमकै लागि साइप्रस आएका थिए ।

उक्त कार्यक्रममा चर्चित गायक मिलन लामासँगै साइप्रसमा रहेका स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहने आयोजक गोर्खा किचनले बताएको छ।

फेब्रुअरी ९ तारिख १० बजेबाट सुरु हुने कार्यक्रमका लागि आयोजकले २० युरो टिकटको समेत व्यवस्था गरेको छ।

आयोजकले साइप्रसमा रहेका विभिन्न संघसंस्था तथा नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थितिको लागि निमन्त्रण समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *