पोर्चुगल

सोनाम ल्होछारको अवसरमा खेम्पो लामा गुरुहरुबाट पूजा सम्पन्न

पोर्चुगल— मन्जुश्री सम्वत् २८६१  सोनाम ल्होछार डुल ल्होको अवसरमा तामाङ समाज पोर्चुगलले अल्कसर पोर्चुगलस्थित थुप्तेन गेफेल लिङ गुम्बा र स्तुपा टासी गोमाङ्मा घुथोर ग्यापसे पुजा,दर्ज्यु लुङ्दर टाङी सम्पूर्ण प्राणी जगतको कल्याण एवं दिर्घायूको कामना सहित खेम्पो लामा गुरुहरुले डुक ल्हो लाई बिदाई र डुल ल्हो आरम्भको पूजा सम्पन्न गरेको छ ।

तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योन्जनले बताए अनुसार बिहीबार परेको मन्जुश्री सम्वत् २८६१  सोनाम ल्होछारको अवसरमा उक्त पूजा सम्पन्न गरेको हो ।


त्यसले तामाङ समाज पोर्चुगलले यही आउँदो फेब्रुअरी २ तारिखको दिन शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरेको छ।

उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहने भएको छ। कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित टाइम आउट मार्केट क्यास दो सोड्रेमा हुने भएको हो। बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा पोर्चुगलमा रहनुभएका तामाङ तथा गैर तामाङहरूलाई आयोजकले निमन्त्रण समेत गरेको छ।

त्यस्तै उक्त दिन तामाङ समाज पोर्चुगलको आयोजनामा हुने भएको सोनाम ल्होछारको लागि चर्चित गायक मिलन लामा समेत पोर्चुगल आउने भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *