Home Login

जापान। धादिङ जिल्ला जन्मथलो भई रोजगार तथा अध्ययनको सिलसिलामा जापान पुगेका नेपालीहरूको छाता संस्था, धादिङ समाज जापानको छैटौँ अधिवेशन आइतवार मार्च २३ तारिख टोकियो सिनओकुबोस्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न भएको छ। साथै छैटौँ अधिवेशनले बिमल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। श्रेष्ठको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बिजय सडौला, उपाध्यक्षहरुमा […]

विप्लव काफ्ले / स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले दुई वर्षे कार्ययोजना तयार गरेको छ । अध्यक्ष केशरबहादुर थापाले पछिल्लो समय स्पेनमा नेपालीहरुको चाप बढ्न थालेकाले तथ्यांक संकलन तथा राहदानी घुम्ती सेवा सञ्चालनका लागि पहल भैरहेको बताए। नेपालीहरुको अवस्था पहिचान गर्दै आवश्यक सहजीकरण गर्न कोष्टाव्लाङ्का भित्र क्षेत्रगत रुपमा समन्वय समिति बनाएरै तथ्यांक लिइने बताए । […]

एलिया लिम्बु । साइप्रस —  नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव गत आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सम्पन्न अधिवेशनमा ब्रिटिश आर्मीमा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस, संस्थामा रहेका […]

लन्डन — धरान समाज यूकेको अध्यक्षमा निकेश लिम्बु चयन हुनुभएको छ । शनिबार १५ मार्चमा अल्डरसटमा सम्पन्न अधिवेशनले लिम्बुको नेतृत्वमा आठौं कार्यसमिति निर्वाचित गरेको हो । उहाँ रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुनुहुन्छ । लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको […]

एलिया लिम्बु। साइप्रस — युरोपको साइप्रसमा शेर्पा किदुक साइप्रसद्वारा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम २०२५ गत आइतबार सम्पन्न भएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले मार्च ०९ आइतबार ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम […]

पोर्चुगल — ११५ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले गत मार्च १० सोमबार पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा एक कार्यक्रम गरी सम्पन्न गरेको छ। कार्यक्रममा नेपाली राजदूतावास पोर्चुगलका दित्तिय सचिव रामबाबु नेपालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि रामबाबु नेपालले पोर्चुगलमा पहिलोपटक स्थापना भएको राजदूतावासले केही प्रक्रियाहरू पूरा गरी छिटै […]

पोर्चुगल — स्थापना कालदेखि नै सक्रिय रहेको समाज सुदूर पश्चिमेली नेपाली समाज पोर्चुगलले फाल्गुन २९, २०८१ तदानुसार १३ मार्च २०२५ बिहिबार पोर्चुगलको राजधानी लिस्बनको बेलाबिस्ता पार्कमा होली विशेष कार्यक्रम आयोजना गरिएको र मौसमका कारण कार्यक्रम स्थगित गरिएको संस्थाले एक सूचना सार्वजनिक गर्दै बताएको छ। विगतका वर्षहरूमा जस्तै, यस वर्ष पनि समाजले होलि विशेष कार्यक्रम आयोजना […]

रोमानिया — हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको महान् राष्ट्रिय पर्व ग्याल्पो लोसार २१५२ औं को अवसरमा शेर्पा किदुग रोमानिया द्वारा आयोजित बृहत् लोसार सांस्कृतिक कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि धर्मगुरु खेन्पो लामा मिङमार Dragpo Repa रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाले गर्नुभएको थियो। कार्यक्रममा […]

काठमाडौं — नेपाल सरकार परराष्ट्र मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमलाई संबोधन गर्ने क्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्व अध्यक्ष रविना थापाले गैरआवासीय नेपालीहरूले नेपाल सरकारसँगको सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभएको छ । परराष्ट्र मन्त्रीसहित एनआरएनएका पूर्व अध्यक्षसहित अग्रज अभियन्ताहरुको छलफलका क्रममा उहाँले सो धारणा राख्नुभएको हो ।”नेपालको कानूनलाई सम्मान गर्दै समृद्ध नेपाल निर्माणका लागि […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलले ११५ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा शुभकामना तथा साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। उक्त कार्यक्रम यहीँ मार्च १० तारिख सोमबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको जिनासियो हल आन्जुसमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताइन्। त्यस्तै […]