काजाब्लांका क्यासेल्लो ,बेल्जियम — बेल्जियममा बसोबास गर्दै आएका झापालीहरुको दोस्रो अधिबेशनले भेषराज श्रेष्ठलाई निर्बाचित गरेको छ । आगामी दुई बर्षका लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जस अनुसार बरिष्ठ उपाध्यक्षमा साबित्रा गिरी र उपाध्यक्षमा पुजा गिरीलाई चयन गरेको छ । त्यस्तै महासचिवमा दिनेश पोख्रेल र सचिबमा सुनिल गुरुङ चयन भएका छन् । कोषाध्यक्षमा खेमराज कार्की र सह कोषाध्यक्षमा महेन्द्र भट्टराईलाई चयन गरिएको छ ।
सदस्यहरुमा कविता भट्टराई थपलिया, पेमा शेर्पा, मैया नेपाल, रिजु बैद्य, धर्मराज पाठक, यादव कट्टेल, डेभिड शिवाकोटी, सम्राट गौतम, बीरेन्द्र गुरुङ, बुद्धि गुरुङ, रतन गुरुङ, केदार थापा, ज्योती गुरुङ, पदमा नेपाल र काशीनाथ मैनाली, निर्मला बास्कोटा बस्नेत र श्रद्धा कार्की चयन भएका छन् ।
संस्थाको संरक्षकमा चर्चित फुटबलर ज्ञानु थापा, वरिष्ठ सल्लाहकारमा साहित्यकार विमल गिरी र सल्लाहकारहरुमा गोविन्द ओली, ईन्द्र ओली र बिप्लव घिमिरेलाई चयन गरेको छ ।