Home Login

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्र ‘लाज शरणम्’ युरोपेली मुलुक पोर्चुगलमा प्रदर्शन हुने भएको छ। आउँदो मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुन लागेको हो। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले […]

काठमाडौं — गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो। यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो। त्यस्तै नेपाल एयरलाइन्सका […]

युरोप — गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘सुस्तरी सुस्तरी’ आज सार्वजनिक भएको छ। फोरबी इन्टरटेन्मेन्ट प्रस्तुति रहेको गीतमा गायक सिवाकोटीलाई गायिका रेसु स्याङ्दानले साथ दिएकी छिन्। लामो समयदेखि युरोपमा बस्दै आएका गायक सिवाकोटीको स्वर रहेको गीत ‘सुस्तरी सुस्तरी’ मा सरोज पोखरेलको संगीत र क्षितिज सापकोटाको शब्द रहेको छ। त्यसैगरी देवेस राईले गीतलाई एरेन्ज गरेका हुन् […]

बेलायत — विगत लामो समयदेखि सांगीतिक क्षेत्रमा आबद्ध रहेर आफ्नो देशभन्दा पर पुगेर पनि स्वदेशमै भएझै गीत संगीतलाई माया गर्ने परदेशी गायक नवराज पाण्डेले लामो समयको अन्तरालपछि चार दिन अगाडि  आँसु उपहार गीत सार्वजनिक गरेका छन्। गायक पाण्डेलाई यस गीतमा भने चर्चित गायिका पछिल्लो समय बेलायतलाई कर्मथलो बनाउँदै आएकी लक्ष्मी खड्काले साथ दिएकी छिन्। गायिका […]

काठमाडौं —  अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन्। ‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौं। चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म […]

रासस — गायक दुर्गेश थापाले गत माघ १२ गतेदखि १९ दिन लगातार विभिन्न महोत्सवमा प्रस्तुति दिए । फागुन लागेसँगै साङ्गीतिक कार्यक्रमका लागि युयई पुगेका उनलाई त्यहाँबाट फर्केपछि पनि मेला–महोत्सवमा पुग्न भ्याइनभ्याइ छ । मङ्गलबार कैलालीको सुखडमा आयोजित ‘दोस्रो घोडाघोडी सांस्कृतिक तथा पर्यटन महोत्सव’मा प्रस्तुति दिएका थापा बुधबार चितवनको गड्यौली महोत्सव पुग्दै छन् । यही बेला […]

काठमाडौँ — सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका र उद्धारका लागि कठिनाइ भइरहेको उल्लेख गर्दै दूतावासले प्रक्रियाअनुसार वैदेशिक रोजगारीमा जान पुनःआग्रह गरेको हो । अनलाइन स्क्यामिङ कार्यमा लगाइएका नेपाली नागरिकलाई नेपाली राजदूतावासले थाइल्याण्ड सरकारको […]

(विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएको देशहरू मध्ये पोर्चुगल १५ औं स्थानमा र नेपाल ११० औं स्थानमा) पोर्चुगल — विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएका १५ देशहरू अमेरिकी समाचार र विश्व रिपोर्टले सार्वजनिक गरेको छ। विश्व रिपोर्टको अनुसार, सबैभन्दा धेरै र धनी संरचनाहरू र इतिहास भएको देशहरूमा इजिप्ट पहिलो स्थानमा रहेको छ । […]

(शुक्रबार २१ फेब्रुअरी देखि सञ्चालन भयो पोर्चुगलमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर) पोर्चुगल — रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा २१ फेब्रुअरी शुक्रबारबाट राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गरेको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि […]

अमेरिका — अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ । यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहिले अनिवार्य अन्तरवार्तामै बस्नुपर्ने भएको छ । यस अघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान गरेको भारतीय अखबार बिजनेस टूडेले […]